समाचार

जसपा प्रदेशसभा सदस्यमाथिको कारवाही रोक्न अल्पकालीन अन्तरीम आदेश

काठमाडौं, जेठ ३ गते । सर्बोच्च अदालतले जनता समाजवादी पार्टीमा लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई बर्खास्त गर्ने निर्णय हाललाई रोक्न अल्पकालीन अन्तरीम आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले प्रदेशसभा सचिवालयलको निर्णय हाललाई रोक्नुका साथै सो निर्णयबारे कारण सहित उपस्थित हुन आदेश दिएको छ । साथै जेठ १६ गतेलाई पेसी तोकिएको छ । […]


चाैध अग्ला हिमाल आरोहण गर्ने दाजुभाइलाई विश्व कीर्तिमान प्रमाणपत्र

छेटु शेर्पा / काठमाडौं, जेठ २ गते । विश्वको आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने दुई नेपाली आरोही दाजुभाइले विश्वकीर्तिमान प्रमाणपत्र प्राप्त गरेका छन् । एउटै परिवारबाट १४ वटा अग्ला हिमाल आरोहण गर्ने आरोही गाइड मिङमा शेर्पा र छाङदावा शेर्पालाई गिनिज बुक अफ वर्ल्ड रेकर्डसले शुक्रवार विश्व रेकर्ड कीर्तिमान पमाणपत्र प्रदान गरेको हो । […]


सात हजार ३१६ थपिए, ६,६४८ कोरोनामुक्त, १४५ को मृत्यु

काठमाडौं, जेठ २ गते । नेपालमा कोरोनाभाइरसका सात हजार ३१६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ५३९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा छ हजार ६४८ जना कोरोनामुक्त भएको जनाएको छ । सोही अबधिमा १४५ […]


अध्यक्ष ओली र नेता नेपालबीच छलफल सकियो, कार्यदल गठन

काठमाडौं, जेठ २ गते । नेकपा एमालेको अन्तरिक समस्या समाधान गर्न दुबैतर्फबाट पाँच पाँच जना सदस्य रहने गरी कार्यदल गठन भएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच सिंहदरवारमा भएको छलफलमा सो सहमति भएको हो । कार्यदललाई तीन दिनको समय दिइएको छ । कार्यदलमा नेता सुवासचन्द्र नेम्वाङ्ग र भीम रावलले नेतृत्व गर्नुहुने […]


आठ हजार ४६ थपिए, पाँच हजार ४५५ कोरोनामुक्त, १८७ को मृत्यु

काठमाडौं, जेठ १ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ४६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार ९७१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा १७ लाख ५१ ह्जार ४८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै […]


प्रधानमन्त्री रोजगार कार्यक्रमः बन्दाबन्दीमै बन्यो पाँचसय मिटर पदमार्ग

गोकर्ण दयाल / बैतडी, जेठ १ गते । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बैतडीको शिवनाथ गाउँपालिकामा रहेको ऐतिहासिक भानमतिधारा देखि शिवनाथ मन्दिरसम्म पाँचसय मिटर लामो पदमार्ग निर्माण भएको छ । कोरोनाका कारण सहर बजार बन्द भए पनि गाउँमा स्वास्थ्य मापदण्ड पालना गर्दै बन्दा बन्दीमै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पदमार्ग निर्माण भएको गाउँपालिकाले जानकारी दिएको छ । स्थानीय […]


आठ हजार ४६७ थपिए, ६ हजार १३५ कोरोनामुक्त, २०३ को मृत्यु

काठमाडौं,वैशाख ३१ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ४६७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ९४८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार १३५ जना सङ्क्रमित निको भएका छन् । सोही अवधिमा २०३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।


गौतमबुद्ध विमानस्थल परीक्षण उडानका लागि तयार

लक्ष्मण पौडेल / भैरहवा, वैशाख ३१ गते । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयार भएको छ । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण […]


आठ हजार ८४२ सङ्क्रमित थपिए, पाँच हजार ५५ निकाे भए, २१४ को मृत्यु

काठमाडौं, बैशाख ३० गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ८४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ४७४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ८४२ मा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार ५५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । सोही अवधिमा २१४ जना सङ्क्रमितको […]


सञ्चालनको अन्तिम तयारीमा वीरकाे युनिफाइड अस्पताल

मुकुन्द गैरे मनोज रत्न शाही / काठमाडौँ, वैशाख ३० गते । वीर अस्पतालको नवनिर्मित भवनलाई कोभिड युनिफाइड अस्पताल बनाउने तयारी सुरु भइरहेको वेला उक्त भवनमा ६ सय सम्म विरामीको उपचार गराउन सकिने भएको छ । अहिले तत्काल चलाउने भनिए तापनि अक्सिजन, भेन्टिलेटर लगायत स्वास्थ्य सामग्रीको अभाव भएको कारण अस्पताल सञ्चालन गर्न सकिएको छैन् । हाल […]




TOP NEWSview all

Efforts are underway to send US vaccines to Nepal: Ambassador Khatiwada

Govt. to resume Vaccination Campaign from May 16

CAAN asks not to charge high fare in name of Emergency Flight

NRNA to supply Oxygen Concentrators to Nepal

Kami Rita scales Everest 25 times; Tourism Ministry appeals not to disseminate fake information




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter