समाचार

आयोजना अलपत्र पर्दा टुलुटुलु हेरेर बसिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

केशवचन्द्र महरा / दिपायल, फागुन ४ गते । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अधुरा योजनाहरू सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । आयोजना अलपत्र पर्दा सरकार टुलुटुलु हेरेर नबस्ने उहाँले प्रष्ट पार्नुभयो । चेम्बर अफ कमर्सले आज डोटीमा आयोजना गरेको महोत्सवको उद्घाटन गर्दै उहाँले टेण्डर भएर समयमै काम सम्पन्न नभएका अधुरा आयोजनाहरूको […]


अर्थतन्त्र सुधारका लागि कृषि उत्पादनमा जोड दिनुपर्छ : मन्त्री शर्मा

लीलाधर वली / घोराही, फागुन ३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको अर्थतन्त्र सुधारका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । दाङको घोराहीमा सुरु भएको ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९’ मेलाको आज यहाँ उदघाटन गर्दै मन्त्री शर्माले सो कुरा बताउनुभएको हो । कृषिको उत्पादन बढाउँदै […]


नेपाली छाला जुत्ता उद्योगीलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार : मन्त्री चौधरी

काठमाडौं, फागुन ३ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरूलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताउनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो । नेपाल छाला जुत्ता […]


आइसिसी लिग-२ : ओपनर कुशल चम्किएपछि नेपालको सुखद सुरुवात

गाेविन्द रेग्मी / काठमाडौं, फागुन २ गते । ओपनर ब्याट्सम्यान कुशल भुर्तेल चम्किएपछि आइसिसी एकदिवसीय विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले सुखद सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले हरायो । नामिबियाले दिएको दुई सय ८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा आठ विकेटको क्षतिमा […]


गहुँको सिजन कुर्दै उद्योगी

नवराज कट्टेल / विराटनगर, फागुन २ गते । भारतबाट गहुँ आयातमा कडाइ गरिएपछि त्यसको असर आँटा र मैदा मिलसँगै अन्य उद्योगमा परेको छ । भारतले १० महिनाअघि गहुँ निर्यातमा रोक लगाएपछि भण्डारण रित्तिँदै गएर मिल तथा आश्रित उद्योग समस्यामा परेका हुन् । गहुँको अभावमा ३० प्रतिशत उत्पादन क्षमतामा मात्रै उद्योग चलिरहेको गौमती आँटा उद्योगका सञ्चालक […]


प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्‍वात्राबीच भेटवार्ता

काठमाडौं, फागुन १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेश सचिव विनयमोहन क्‍वात्राबीच भेटवार्ता भएको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्‍वात्राबीच भेटवार्ता भएको हो । भेटमा दुई देशको सहकार्यको विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भेटवार्तामा ऊर्जा, व्यापार, कनेक्टिभीटी, कृषि, शिक्षा […]


सामुदायिक रेडियोलाई प्रोत्साहन गर्ने नीति बनाउन पहल गर्छौँ : मन्त्री पौडेल

काठमाडौं, फागुन १ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने नीति लिने बताउनुभएको छ । पछिल्लो समयमा मुलुकमा सामुदायिक रेडियो प्राथमिकतामा नपरेको भन्ने गुनासो भइरहेका बेला उहाँले कुनै सञ्चारमाध्यमले रेडियोलाई विस्थापित गर्न नसक्ने विचार प्रकट गर्नुभयो । विश्व रेडियो दिवसका अवसरमा युनेस्को, अमार्क एसिया प्यासेफिक र इन्डिजिनियस मिडिया […]


अर्थतन्त्रका विद्यमान चुनौतीको समाधान गर्छौंः अर्थमन्त्री पौडेल

काठमाडौं, माघ २९ गते। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका विद्यमान चुनौतिको समाधान बजेटको अर्धवार्षिक समीक्षामार्फत् बजेट कार्यान्वयनमा थप सुधार गर्ने बताउनुभएको छ। आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडलले पछिल्लो समय देखिएका अर्थतन्त्रका चुनौतीलाई बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गरी समाधान गर्ने बताउनुभएको हो। उहाँले नेपालको अर्थतन्त्रमा संरचनागत […]


चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन

काठमाडौं, माघ २९ गते । निर्वाचन अयोगले प्रतिनिधि सभाअन्तर्गत चितवन निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन आगामी वैशाख १० गते गर्ने निर्णय गरेको छ । आइतबार बसेको आयोगको बैठकले वैशाख १० गते उपनिर्वाचनका लागि मिति तय गरेको हो । गत मङ्सिरको चुनावमा उक्त क्षेत्रबाट निर्वाचित रवि लामिछाने अयोग्य भएको सर्वोच्च अदालतले आदेश गरेपछि लामिछानेको पद […]


सहमतिकै आधारमा नयाँ राष्ट्रपति चुन्छौं : मन्त्री शर्मा

देउखुरी, माघ २८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सहमतिकै आधारमा नयाँ राष्ट्रपति चुनिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशले दाङको भालुवाङमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री शर्माले बर्तमान सरकार बढीभन्दा बढी सहमतिकै आधारमा काम गर्न खोजेकाले राष्ट्रपति सहमतिकै आधारमा टुङ्गो लाग्ने बताउनुभएको हो । प्रधानमन्त्रीलाई विश्वासको मत […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter