समाचार

विश्व बैंकको सहयोगमा खरिद गरिएका ९८२ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

काठमाडौँ, असार ५ गते । कोरोना महामारीविरुद्ध स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि गर्न विश्व बैकको सहयोगमा खरिद गरिएका १० लिटर क्षमताका ९८२ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल, मालद्विभ्स र श्रीलङ्काका लागि बैंकका देशीय निर्देशक फारिस हादाद जेर्भोसले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई आज राजधानीमा आयोजित एक कार्यक्रममा ती उपकरण हस्तान्तरण गर्नुभयो […]


आईसीसी लिग २ को तयारी स्वरुप बन्द प्रशिक्षणका लागि खेलाडी छनोट

काठमाडौं, असार ४ गते । नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग डिभिजन –२ को तयारी स्वरुप बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरेको छ । संघका सचिब अशोक नाथ प्याकुरेलले बन्द प्रशिक्षणका लागि २० जना खेलाडी चयन गरिएको जानकारी दिनुभएको छ । नेपालले लिग डिभिजन–२ अन्तगर्तको खेल स्पनेमा खेल्नेछ । प्रतियोगिता अन्तगर्त नामीबिया र स्कटल्याण्ड […]


एक हजार ९६३ थपिए, चार हजार २० कोरोनामुक्त, ४४ को मृत्यु

काठमाडौं, असार ४ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ९६६ सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा सात हजार ५६९ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९६६ मा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १७ हजार ९४७ पुगेको छ । एन्टीजेन […]


महानगरमा ‘एक वडा : एक नमूना विद्यालय’

काठमाडौँ, असार ३ गते । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई नमूना सिकाइ केन्द्र र तालिम हवका रूपमा विकास गर्न ‘एक वडा, एक नमूना विद्यालय’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । कामपाले आज आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको छ । कामपाले ३२ वडाभित्रका सबै विद्यालयको गुणस्तर सुधार गरी समयानुकुल बनाउन शिक्षाविद् […]


एक हजार ७६८ थपिए, दुई हजार १४१ कोरोनामुक्त, ३९ को मृत्यु

काठमाडौं, असार ३ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ७६८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार ७११ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७६८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १५ हजार ९८४ पुगेको […]


दुई हजार १४ थपिए, तीन हजार ८२ कोरोनामुक्त, ५२ को मृत्यु

काठमाडौं, असार २ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार १४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा आठ हजार ६८७ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार १४ मा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १४ हजार २१६ पुगेको छ । चार हजार […]


रासायनिक मलको कोटा निर्धारण

कञ्चनपुर, असार २ गते । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डिएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ । कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने ३०० मेट्रिक टन मलको प्रतिशत निर्धारण गरी नौवटै स्थानीय तहलाई उपलब्ध गराउने व्यवस्था गरेको हो । कोटामा निर्धारण भएको अनुपातअनुसार सहकारी संस्थालाई सिफारिसबमोजिम मल उपलब्ध गराइने […]


निषेधाज्ञामा सर्वोच्च तथा जिल्ला अदालतबाट दिइने सेवामा थप

काठमाडौं, असार १ गते । सर्वोच्च अदालतले जारी लकडाउनमा केही थप सेवा प्रवाह गर्ने भएको छ । मङ्गलबार सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट सम्पादन हुने कामकारबाही र सेवा प्रवाहका सम्बन्धमा जेठ २१ गतेको पूर्ण बैठकको निर्णय बमोजिमका कामकारबाही र सेवाहरुलाई निरन्तरता दिने बताएको हो । त्यस्तै सर्वोच्चले कोरोनाभाइरस सङ्क्रमणको जोखिमको आंकलन एवं […]


रोकिएका परीक्षा दशैँअघि

सविता शर्मा / काठमाडौँ, असार १ गते । लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना (कोभिड–१९) महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो । कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित […]


दुई हजार ४९ थपिए, पाँच हजार १४७ कोरोनामुक्त, ५३ मृत्यु

काठमाडौं, जेठ ३१ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ४९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नौ हजार ४३८ को आरटीपीसीआर विधिबाट नमूना परीक्षण गरिएकोमा दुई हजार ४९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १० […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter