समाचार

मुगुका दुई लघुजलविद्युत् आयोजना सम्पन्न

काठमाडौँ, मङ्सिर ३० गते । विद्युत् सुविधाबाट वञ्चित मुगुका दुई गाउँपालिकामा निर्माण गरिएको दुई अलगअलग लघुजलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न थालेका छन् । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको अनुदान सहयोगमा मुगुमकार्मारोङ गाउँपालिकामा १७ किलोवाट क्षमताको घाँसेओडार खोला लघुजलविद्युत् आयोजना र सोरु गाउँपालिकामा ३५ किलोवाट क्षमताको रुमाखोला लघुजलविद्युत् आयोजना निर्माण भएको हो । घाँसेओडार खोला लघुजलविद्युत् आयोजनाबाट […]


जर्मन प्राविधिक टोलीद्वारा मेलम्ची सुरुङको निरीक्षण शुरु, प्रतिवेदन पछि परीक्षणका लागि पानी पठाइने

मुकुन्द गैरे / काठमाडौं, मङ्सिर २९ गते । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निरीक्षण गर्न जर्मनको प्राविधिक टोली नेपाल आएर काम सुरु गरेको छ । उक्त टोली यही शुक्रबार आए पछि शनिबारबाट काम थालेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो । उहाँहरु आएसँगै सुरुङ निरीक्षण काम सुरु भएको र उक्त टोलीले प्रतिवेदन दिनुहुने प्रवक्ता […]


पाँच हजार ४२३ आरटी पीसीआर परीक्षणमा ८२१ सङ्क्रमित थपिए

काठमाडौं, मंसिर २९ गते । नेपालमा कोरोना भाइरसका ८२१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ८४२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरणमा उल्लेख गरिएकाे छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख ४९ हजार २४४ पुगेको छ । एक हजार पाँचसय […]


ललितपुर महानगरले शुरु गर्‍यो नगर सचेतना अभियान

ललितपुर, मङ्सिर २८ गते । ललितपुर महानगरपालिकाले महानगरलाई स्वच्छ र हराभर बनाउने उद्देश्यले सचेतना अभियान शुरुआत गरेको छ । महानगरप्रमुख चिरीबाबु महर्जनले आज यहाँ आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गर्दै महानगरपालिकालाई स्वच्छ शहर बनाउन उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुन्दर र सभ्य समाज निर्माण गर्न सचेतना अभियानले सहयोग गर्नेछ । महानगरपालिकाका […]


निकाे हुने दर करीब ९५ प्रतिशत, ८३० सङ्क्रमित थपिए

काठमाडौं, मंसिर २८ गते । नेपालमा कोरोना भाइरसका ८३० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार पाँचसय जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरणमा प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी गराउनुभएकाे हाे । अाइतबार पाँचहजार १८१ जनाकाे आरटीपीसीआर परीक्षण गरिएकोमा पछिल्लो चौबीस घण्टामा ८३० सङ्क्रमित […]


डिजिटल वित्तीय प्रणालीको विकासमा राष्ट्र बैङ्क प्रतिबद्ध

काठमाडौँ, मङ्सिर २७ गते । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि राष्ट्र बैङ्कले योजनाबद्ध प्रयास गरिरहेको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घीय पुँजी विकास कोष र सिङ्गापुर मनिटरी अथोरिटीले मङ्सिर २२ देखि आयोजना गरेको ‘सिङ्गापुर फिन्टेक महोत्सव–२०२०’ लाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उहाँले ‘डिजिटल अर्थतन्त्र […]


पाँच हजार २४२ परीक्षणमा ८९९ सङ्क्रमित

काठमाडौं, मंसिर २७ गते । नेपालमा कोरोना भाइरसका ८९९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ३५९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ८९९ सङ्क्रमित थपिएकोमा एक हजार ३५९ जना निको भएर घर फर्केको जनाएको छ । थपिएका […]


मेलम्ची खानेपानी आयोजनाको सुरुङको अध्ययन गरिँदै

काठमाडौँ, मङ्सिर २६ गते । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा द्वार पुनः हाल्ने कामसँगै त्यहाँका सबै पूर्वाधार ठीक छ/छैन भनी अध्ययन शुरु भएको छ । दातृ निकायले चारजनाको टोली पठाएको सुरुङमा गेटसँगै अरू पूर्वाधारको अध्ययन अघि बढाएको हो । सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पठाइएकामा ३० असारमा दुर्घटना भएको थियो । त्यसपछि […]


एक हजार ४४ थपिए, सक्रिय सङ्क्रमित १२ हजार १४८

काठमाडौं, मंसिर २६ गते । नेपालमा कोरोना भाइरसका एक हजार ४४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार २७१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ४४ सङ्क्रमित थपिएकोमा एक हजार २७१ जना निको भएर घर फर्केको […]


मोतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोल ल्याइने

वीरगञ्ज, मङ्सिर २५ गते । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ । यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइपलाइनमार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउन थालिएको थियो । अब एक वर्षभित्र सोही पाइपलाइनमार्फत पेट्रोल ल्याउन गृहकार्य शुरु गरिएको हो । निगमको सञ्चालक समितिले मोतिहारीबाट पेट्रोल पनि ल्याउन निगमलाई […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter