समाचार

चीनबाट सेनाले थप १८ टन स्वास्थ्य सामग्री ल्यायो

काठमाडौँ, जेठ ६ गते । चीनमा खरिद गरिएको स्वास्थ्य सामाग्री नेपाली सेनाले नेपाल एयरलाइन्सको वाइडबडीमार्फत नेपाल ल्याएको छ । मङ्गलबार बिहान नेपाली सेनाले चीनबाट खरिद गरेको मध्ये १८.८४ टन सामग्री नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । पाण्डेले नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत पिसिआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन […]


कौसी खेतीप्रति आकर्षण बढ्दो

शिवा तामाङ / काठमाडौँ, जेठ ५ गते । सरकारको नीति तथा कार्यक्रममा यसवर्ष कौसी खेती प्रवद्र्धन पनि परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा ‘आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा कौसी खेती प्रवद्र्धन गर्ने’ उल्लेख गरिएको छ । देशभर उत्पादनशील जमिन ठूलो मात्रामा बाँझो भइरहेको बेला […]


थप ५३ जनामा काेराेना सङ्क्रमण, कुल सङ्क्रमित सङ्ख्या ३५७ पुग्याे

काठमाडौँ, जेठ ५ गते । कोरोनाभाइरस (कोभिड–१९) काे पछिल्लाे परीक्षणअनुसार थप ५३ जनालाई सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । उहाँका अनुसार हालसम्म सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सङ्क्रमित सबैकाे कन्ट्याक्ट ट्रेसिङ भइरहेकाे […]


दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना ‘राष्ट्रिय गौरवको आयोजना’

खोटाङ, जेठ ४ गते । नेपाल सरकारले खोटाङको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने घोषणा गरेको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने पहल थालिएको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममार्फत प्राथमिकतामा राख्दै निर्माण थाल्ने घोषणा […]


कोराेनाका कारण दोस्रो व्यक्तिको मृत्यु; थप ३ जनामा सङ्क्रमण पुष्टि, कुल २९५

काठमाडौँ, जेठ ४ गते । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएको व्यक्तिमा कोरोना पोजेटिभ भेटिएसँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । याे जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको हो । शनिबार सङ्कलन गरिएको स्वाब परीक्षणको नतिजा कोभिड-१९ पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । आइतबार […]


काठमाडौं र वीरगन्‍जका तीन बालकसहित थप नाैजनामा कोरोना संक्रमण, संक्रमितको संख्या दुई सय ६७ पुग्यो

काठमाडाैँ, जेठ २ गते । काठमाडौं र वीरगन्‍जका तीन बालकसहित थप नाैजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साँझ पर्सा वीरगन्जका नाै र १० वर्षका बालक तथा २३ र ४७ वर्षका महिला, काठमाडौं सतुंगलका सात वर्षका बालक, उदयपुर त्रियुगाका २५ वर्षीय पुरुष, दाङको गढवा र तुलसीपुरका २३, ३६, ३४ […]


गल्लीमा हिँडडुल गरे वा भेला भए कारबाही गरिने

काठमाडाैँ, जेठ २ गते । पछिल्लो समयमा कोरोना सङ्क्रमण बढ्दै गएपछि अब गल्लीहरूमा हिँडडुल गर्ने वा जम्मा हुनेलाई पनि प्रहरीले पक्राउ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आज एक सूचना जारी गरी गल्लीहरूमा जम्मा नहन आग्रह गरेको र जम्मा भएको वा हिँडडुल गरेको पाइएमा प्रहरीले नियन्त्रणमा लिन सक्ने जनाइएको छ । संघसंस्थाको हकमा […]


सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता : कृषि क्षेत्रमा व्यापक रोजगारी, अर्थतन्त्र पुनरुत्थान अनि प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन

शुरोजङ्ग पाण्डे / काठमाडौँ, जेठ १ गते । सरकारले मुलुकको अर्थतन्त्रको पुनरुत्थान र कृषि क्षेत्रमा व्यापक रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम ल्याउने अन्तिम गृहकार्य गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आर्थिक, सामाजिकलगायतका क्षेत्रमा उत्पन्न संकटलाई ध्यान दिँदै सरकारले तीलगायतका विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम […]


सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गरिने

काठमाडौँ, जेठ १ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्नेभएको छ । स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आजैदेखि स्वास्थ्यकर्मीको परीक्षण शुरु गरिएको छ । यसैगरी मन्त्रालयले उपत्यकामा रहेका सुरक्षाकर्मी, […]


थप २४ जनामा कोरोना सङ्क्रमण, कुल २४३ पुग्यो; कोरोना परीक्षण गर्न स्वास्थ्य सामग्री पर्याप्त छः स्वास्थ्य मन्त्रालय

काठमाडौँ, वैशाख ३१ गते । पछिल्लो पटक गरिएको कोरोना परिक्षणमा थप २४ जनामा कोराना पोजिटिभ पाइएको छ । योसँगै कुल सङ्क्रमित सङ्ख्या २४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । थप काेराेना सङ्क्रमण पुष्टि भएकामा रूपन्देहीका ९ पुरूष र ३ महिला गरी १२ जना रहेका छन् । त्यस्तै, कपिलवस्तुका ८ पुरूष, पर्सा जिल्लाका २ […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter