नीरज गौतम र सागर शर्मा / नेपालगञ्ज, वैशाख १ गते । बन्दाबन्दीका कारण बाँकेमा उत्पादित तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदां किसान मर्कामा परेका छन् । बजारसम्म तरकारी बिक्रीका लागि पु¥याउन नसक्दा खेतबारीमै सस्तो मूल्यमा तरकारी बिक्री गर्न किसान बाध्य छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारीले बजार नपाउँदा […]
रमेश लम्साल / काठमाडौँ, चैत ३० गते । कोरोना भाइरसको सङ्क्रमण भएको खण्डमा व्यवस्थित तवरले उपचार गर्नका लागि सरकारले स्थापना गरेको सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सो अस्पतालको आज उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललगायतले आज स्थलगत निरीक्षण गर्नुभएको छ […]
रमेश लम्साल / काठमाडौँ, चैत ३० गते । सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सक्रमणको त्रास बढेकाले सीमा क्षेत्रमा मात्रै छ हजार जनशक्ति परिचालन गरेको छ । सीमा क्षेत्रमा अवैध रुपमा आवागमन […]
काठमाडौं, चैत २९ गते । विगत २४ घण्टामा ८९७ जनाको स्वाबको नमुना जाँच गरिएकोमा कसैमा पनि संक्रमण फेला नपरेको बताइएको छ । त्यसमा ६०९ काठमाडौंमा र २८८ नमुना काठमाडौं बाहिर जाँच गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो अहिलेसम्म नेपालमा स्वाब परीक्षणको संख्याका चार हजार ४२६ रहेको छ र सरकारले यसको […]
काठमाडौँ, चैत २९ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा तीन पसललाई कारवाही गरेको छ । विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत एक मासु पसल र दुई किराना पसललाई जरिवाना गरिएको हो । विभागका अनुगमन निरीक्षक दीपक पोखरेलका अनुसार बजार अनुगमनका क्रममा बढी मूल्यमा मासु बिक्री गरेको भेटिएपछि […]
प्रेम अधिकारी / इलाम चैत्र २८ गते । फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती सँगै नेपाल आएका इलामका दुई जना युवाको स्वाब परीक्षणमा भाइरस फेला नपरेको बताइएको छ । जिल्ला स्तरीय कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समितिका सूचना अधिकारी पोर्तेलले इलाममा हालसम्म कोराना संक्रमित बिरामी नभेटिएको बताउनुभएको हो । यसैगरी, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि […]
काठमाडौं चैत २८ गते । स्वास्थ्य मन्त्रालयले सरकारले स्थापना गरेको काेरोना नियन्त्रण कोषमा कुनै पनि चिकित्सक वा स्वास्थ्यकर्मीको तलब कट्टा नगरेको स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुरा बताउनुभएको हो । उहाँले मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत कुनै पनि स्वास्थ्यकर्मीको पारिश्रमिक नकाटेको र काट्न […]
काठमाडौँ, चैत २८ गते । त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार भएको समितिको बैठकले कोरोना (कोभिड–१९)को कारणले परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली र सेमेष्टर प्रणाली परीक्षा अर्को सूचना प्रकाशित नगरेसम्म स्थगित गर्ने निर्णय गरेको समितिका सदस्य सचिव […]
काठमाडौं, चैत २५ गते । नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर महाप्रसाद अधिकारीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवराले उहाँलाई सपथ ग्रहण गराउनु भएको सर्वोच्च अदालतले विज्ञप्ति मार्फत जानकारी गराएको छ । कोभिड १९ को असर अध्ययन गर्न कमिटि गठन नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर माहाप्रसाद […]
काठमाडौं, चैत २५ गते । कोरोना भाइरस (कोभिड– १९) संक्रमित नेपालीको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ ९० प्रतिशत सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ९० प्रतिशत कन्ट्याक्ट ट्रेसिङ सकिएको जानकारी दिए । संक्रमणको जोखिम उच्च भएका जिल्लाहरू कैलाली, कञ्चनपुर, ऱ्यापिड डायगोनिस्टिक टेस्टमार्फत परीक्षण […]