काठमाडौँ, माघ २१ गते । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ युथ कन्क्लेभ २०२० को मूल समारोहमा युथ आइकन सम्मानसहित एक लाख नगर पुरस्कार दिइने भएको छ । यससँगै राष्ट्रिय तेक्वान्डो खेलाडी आयशा शाक्यलाई पनि विशेष सम्मान गरिँदै छ । समारोहमा प्रमुख अतिथिका रूपमा माननीय युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनुवार र माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]
भैरहवा, माघ २१ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बृहत्तर लुम्बिनीको विकासलाई सरकारले अगाडि बढाउने बताउनुभएको छ । लुम्बिनी विश्वमा नेपाललाई चिनाउने अग्रणी सम्पदा रहेको भन्दै उहाँले यसको विकास सरकारको प्राथमिकतामा रहेको जानकारी दिनुभयो । बुहत्तर लुम्बिनी क्षेत्रका विषयमा मंगलबार आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । “मायादेवी, रामग्राम, […]
काठमाडौँ, माघ २१ गते । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले देशभरका नाजुक पुलहरूको प्रतिवेदन पेस गर्न सरकारलाई निर्देशन दिएको छ । डिजाइनमा समस्या भएका, निर्माण व्यवसायीका कारण अलपत्र परेका र काबुबाहिरको अवस्थामा पुगेका पुलहरूको विवरण तथा समस्या समाधानका कार्ययोजना १५ दिनभित्र समितिमा पेस गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । सिंहदरबारस्थित समितिको कार्यकक्षमा […]
काठमाडौँ, माघ २० गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले मानिसको अत्यधिक भीड हुने काठमाडौँ उपत्यकाका तीन स्थानमा अत्याधुनिक सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । शौचालय निर्माणका लागि काठमाडौँ महानगरपालिकासँग स्थानको माग गरिए पनि निर्माणमा लाग्ने सम्पूर्ण खर्च भने सङ्घले नै व्यहोर्ने छ । चार स्थानमा निर्माण गर्ने लक्ष्य रहे पनि पहिलो चरणमा […]
धनगढी, माघ १९ गते । सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले मिचिएको नेपालको भूमि कालापानी फिर्ता ल्याउनका लागि पहल गर्न सरकार र प्रदेशसभाको ध्यानाकर्षण गराउनुभएको छ । आजको प्रदेशसभा बैठकको शून्य समयमा प्रदेशसभा सदस्य भरतबहादुर खड्काले भारतले आफ्नो नक्सामा नेपालको भूमि कालापानी र लिपुलेक समावेश गरेको घटनामा प्रदेश सरकार मौन रहेको भन्दै यो विषयमा संसदले सङ्कल्प प्रस्ताव पारित […]
काठमाडौँ, माघ १९ गते । अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुङगानाले सर्वाेच्च अदालतको आदेशपछि दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलका लागि निर्धारण भएको कर यसै आर्थिक वर्षभित्र उठाइसक्ने विश्वास दिलाउनुभएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदको जिज्ञासामा उहाँले भन्नुभयो, “एनसेलले बाँकी रकम चार किस्तामा तिर्ने प्रतिबद्धता गरेको छ, अब पैसा उठाउन सक्छौँ, यसै […]
काठमाडौँ, माघ १८ गते । पछिल्ला दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने क्रम बढेको छ । सोही क्रममा निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले आजदेखि विद्युत् उत्पादन शुरु गरेको छ । कूल छ दशमलव छ मेगावाट क्षमताको सो आयोजनाको विद्युत्गृह लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा छ । विन्दवासिनी हाइड्रोपावर […]
काठमाडौं, माघ १८ गते । चीन सरकारले चीनको बुहान क्षेत्रमा रहेका नेपाली विद्यार्थी लगायत विदेशी नागरिकको जीवन र स्वास्थ्य उपचारको सुनिश्चित गरेको जनाएको छ । काठमाडौ स्थिति चिनियाँ दूताबासले शनिबार एक विज्ञप्ति जारी गर्दै चीनले उनीहरूको बैधानिक अधिकार र हित संरक्षण गर्न सक्रिय भूमिका निभाउने स्पष्ट गरेको छ । चीनमा कोरोना भाइरसको संक्रमणले २५९ जनाको […]
वालिङ, माघ १७ गते । आम्दानीको मुख्य स्रोतका रुपमा रहेको सुन्तला बिक्री गरेर यहाँका एक सुन्तला व्यवसायीले २३ लाख बढी आम्दानी गर्नुभएको छ । स्याङ्जाको गल्याङ नगरपालिका– ७ सिरौँसाका भूपराज भण्डारीले यस वर्ष सुन्तला बिक्रीबाट तेइस लाख १७ हजार आम्दानी गर्नुभएको हो । सुन्तला व्यवसायी भण्डारीले यसपटक ३० टन सुन्तला बोटबाटै बिक्री गरी रु २३ […]
तारा चापागाईं दुबे / कास्की, माघ १७ गते । अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने पर्यटक बढेका छन् । सन् २०१९ मा पदमार्गमा यात्रा गर्ने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको भन्दा ९०६ जनाले बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का सूचना अधिकारी ऋषि बरालले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले पदमार्गमा यात्रा […]