समाचार

एमसिसीको विरोध गर्नुको अर्थ छैन–मन्त्री बाँस्कोटा

काठमाडौँ, माघ १६ गते । सरकारले मुलुकको बृहत्तर हितका लागि जुनसुकै देशसँग पनि आर्थिक सहायता लिन सकिने प्रष्ट पारेको छ । ‘मिलिनियम च्यालेन्स कर्पोरेशन’ (एमसिसी) सम्बन्धी अमेरिकी सहयोगका सम्बन्धमा भइरहको टिकाटिप्पणीप्रति लक्षित गर्दैै सरकारले राजनीतिक दाउपेचको मसला बनाएर विषयवस्तुलाई तोरमोरड नगर्न सबैसँग आग्रह गरेको छ । यही माघ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक […]


प्रम र लग्जेम्बर्गका विदेशमन्त्रीबीच व्यापार र लगानी विषयमा छलफल

काठमाडौँ, माघ १६ गते । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त हुँदै आएको सहयोगलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउनुपर्ने, व्यापार, लगानी र प्रविधि […]


राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण

काठमाडौं, माघ १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा आज हनुमानढोका दरबारस्थित नासलचोक जानु भई परम्परानुसार वसन्त श्रवण गर्नुभयो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ९ः०५ बजेको शुभसाइतमा उहाँले वसन्त श्रवण गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले पण्डितबाट फूलमाला, टीका र प्रसाद ग्रहण गर्नुभएको थियो । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक […]


नर्सिङ क्षेत्रका धेरै समस्याहरु समाधान गरिन्छ–जनसंख्या मन्त्री ढकाल

काठमाडौं, माघ १५ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नर्सिङ क्षेत्रमा धेरै समस्याहरु रहेको बताउनुभएको छ । ५८ नर्सिङ दिवसको अवसरमा नेपाल नर्सिङ संघले आयोजना गरेको कार्यक्रममा मन्त्री ढकाललेनर्सिङ क्षेत्रमा धेरै समस्याहरु बताउनुभयो । कुनै पनि पक्षधरतामा नपरी काम गर्ने उल्लेख गर्दै उहाँले कामको आधारमा मुल्याङ्कन गरिने बताउनुभयो । स्वास्थ्य क्षेत्रका सबै विषयलाई […]


लगानी कोषको सञ्चालक समिति समावेशी बनाउने सहमति

काठमाडौँ, माघ १५ गते । प्रतिनिधिसभा, अर्थ समितिले नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको दफावार छलफलमा भएका सहमतिसम्बन्धी विषयवस्तु समेटेर अन्तिम प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिएको छ । विधेयकमाथिको दफावार छलफल सकिएपछि समितिको आजको बैठकले मूल ऐन, विधेयकमाथिको संशोधन, राष्ट्रियसभाबाट प्राप्त सन्देश र समितिमा भएको छलफललाई समेटेर अन्तिम प्रतिवेदन […]


बिरामीले पैसा तिरेर रगत लिनुपर्ने बाध्यता अन्त्य गरिनेछ – अध्यक्ष प्रचण्ड

काठमाडौँ, माघ १५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रगतको अभावमा छट्पटाइरहेका बिरामीले पैसा तिरेर रगत लिनुपर्ने बाध्यताको अन्त्य हुनुपबिरामीले पैसा तिरेर रगत लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आज काठमाडौँमा आयोजित १४ औंँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस समारोहमा उहाँले भन्नुभयो, “दाताले रगत दिइरहने तर […]


अपराध र प्रकृति बढ्यो : महान्यायाधिवक्ता खरेल

चितवन, माघ १४ गते । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध र यसको प्रकृति बढेको बताउनुभएको छ । जिल्ला सरकारी वकिलको कार्यालय भवनको आज यहाँ शिलान्यास गर्नुहुँदै उहाँले अनुसन्धान फितलो भए अभियोजन पनि फितलो हुने भएकाले अपराधीले उन्मुक्ति पाउन सक्ने बताउनुभयो । पाँच वर्षयता मुद्दाको वृद्धिदर ६५ प्रतिशत भएको भन्दै उहाँले चितवन, कास्की, सुनसरी र रुपन्देहीमा हरेक […]


एचआइभी सङ्क्रमितले जन्माए सुरक्षित शिशु

चितवन, माघ १४ गते । जिल्लाका विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणमा १०६ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९ मा २० हजार ६४६ को परीक्षणका क्रममा ती नयाँ सङ्क्रमण भेटिएको हो । सङ्क्रमितमध्ये १०४ ले नियमित औषधि सेवन गर्दै आएका छन् । सङ्क्रमितको सङ्ख्या […]


राष्ट्रभक्ति चेतना अभिवृद्धि गर्न सरकारको भूमिका आवश्यक – राष्ट्रपति

हेटौंडा, माघ १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा युवा पुस्तालाई राष्ट्रभक्ति र लोकतान्त्रिक पद्धतिका बारेमा चेतना अभिवृद्धि गर्न सङ्घीय र प्रदेश सरकारको भूमिकाको आवश्यकता रहेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले वाग्मती प्रदेशअन्तर्गत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका वडा नं ११ नवलपुरस्थित शहीद स्मारकमा नवनिर्मित प्रजातान्त्रिक उद्यानमा स्थापित विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, पुष्पलाल र मनमोहन अधिकारीको पूर्ण […]


जनताको आशा र विश्वास बढ्ने गरी सदन अगाडि बढ्छ : सभामुख सापकोटा

काठमाडौँ, माघ १३ गते । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्प्रति जनताको आशा र विश्वास बढ्ने ढङ्गबाट आफूले सदनको कामकारबाही अगाडि बढाउने बताउनुभएको छ । सभामुख पदको शपथ ग्रहणलगत्तै आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेपछि आयोजित संक्षिप्त पत्रकार भेटघाटमा उहाँले सदनलाई जीवन्तरूपमा सञ्चालन गरिने बताउनुभयो । “हामीले चुनेर पठाएका प्रतिनिधिले लोकतान्त्रिक बाटोबाट छलफल गरेका छन् भनेर […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter