समाचार

पुरानो संसद् भवन पुनःनिर्माण गर्न विकास समितिको निर्देशन

काठमाडौँ, पुस २९ गते । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिंहदरस्थित पुरानो संसद् भवनलाई त्यही स्वरुपमा पुनःनिर्माण गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकमा विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भवनको स्वरुप नबिग्रने गरी पुनःनिर्माण गर्न सभापति कल्याणीकुमारी खड्काले निर्देशन दिनुभएको हो । साविक मौलिकता रहने गरी भवन बनाउन उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]


नेतृत्वमा परिवर्तन र सुधार भए , प्रशासनले प्रतिफल दिनसक्छ –प्रम ओली

काठमाडौं, पौष २९ गते । प्रधानमन्त्री के.पी.शर्मा ओलीसमक्ष प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको प्रतिवेदन समितिका अध्यक्ष काशीराज दाहालले मंगलबार आज पेश गर्नुभयो । प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कर्मचारी प्रशासन भनेको सामाजिक अभियन्ता भएकाले जनतालाई सेवा दिन कर्मचारी प्रशासनले जिम्मेवारपूर्ण र उत्तरदायी भएर भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले कर्मचारीतन्त्रको दक्षता, सदाचारयुक्त आचरण […]


विकास सहायतासँग बन्दुक जोडियर आउँदैनः परराष्ट्रमन्त्री

गुल्मी, पुस २९ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल असंलग्न सिद्धान्तप्रति प्रतिबद्ध रहेका कारण कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने बताउनुभएको छ । दोस्रो रुरु महोत्सवको आज यहाँ उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कुनै पनि देशको विकास सहायतासँग बन्दूक जोडिएर नआउने भएकाले विकास सहायता सबै देशबाट लिने सरकारको नीति रहेको स्पष्ट गर्नुभयो । मन्त्री ज्ञवालीले […]


मेलम्चीकाे सुरुङ चारसय मिटर मात्र ‘फिनिसिङ’ हुन बाँकी

काठमाडौँ, पुस २८ गते । मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ । अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ । चार महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम शुरु गरेसँगै तीव्रगतिमा काम अघि बढेको छ । इटालियाली निर्माण कम्पनी सिएमसीले काम अलपत्र छाडेर जाँदा यहाँ […]


समावेशी विकासमा अर्थपूर्ण साझा प्रयास आवश्यक : अर्थमन्त्री खतिवडा

काठमाडौँ, पुस स् २८ गते । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताउनुभएको छ । समृद्धि फाउण्डेशनद्वारा आज यहाँ आयोजित ‘मिश्रित अर्थव्यवस्था र लैङ्गिक मैत्री लगानी’ विषयक कार्यक्रममा उहाँले घरेलु तथा मझौला उद्योगमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई सुझाव दिनुभयो । अर्थमन्त्री डा खतिवडाले […]


नेपाल–चीन सम्बन्ध नयाँ आयामबाट जोड्न आवश्यक : शिक्षामन्त्री

काठमाडौँ, पुस २८ गते । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले नेपाल–चीन सम्बन्धलाई युवापुस्ताले नयाँ आयामबाट थप उचाइमा पुर्‍याउनुपर्ने बताएका छन् । आफूले विद्यार्थी आन्दोलनदेखि नै चीनबारे बुझ्दै आएको बताउँदै अरनीको र भृकुटीको परिचयले मात्र नेपाल–चीन सम्बन्धलाई सीमित नराखेर आधुनिक समाजका लागि युवाहरूले नयाँ आयामबाट दुई देशको सम्बन्धलाई चिनाउनुपर्ने बताए । नेपाल–चीन पत्रकार समाजले आयोजना गरेको तीन महिने […]


राष्ट्रियसभा सदस्य निर्वाचनकाे आचारसंहिता लागू

काठमाडौँ, पुस २७ गते । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका सन्दर्भमा व्यक्ति, निकाय तथा अधिकारीलाई आजदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न जारी भएको निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्न/गराउन आयोगले सम्पूर्ण निर्वाचन सरोकार पक्षलाई निर्देश गरेको छ । […]


प्रदेश ३ को नाम बागमती घोषित

हेटौडा,पु्स २७ गते । प्रदेश ३ को नाम बागमती कायम भएको छ । प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ प्रदेशको नाम बागमती नै कायम गर्ने प्रस्ताव पास गरेको हो । आइतबार प्रदेशको नाम बागमती राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०८ सांसदले पक्षमा मतदान गरे । प्रदेशको नाम बागमतीको नाम मात्रै प्रस्ताव […]


‘रेल्वे विधेयक २०७६’ स्वीकृतः रेल्वे बोर्ड गठन हुने

काठमाडौँ, पुस २७ गते । राष्ट्रियसभाको आजको बैठकमा ‘रेल्वे विधेयक २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । बैठकमा उक्त विधेयक भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्रस्तुत गर्नुभएको थियो । विधेयकमा रेल यात्रुको व्यवस्थापन कसरी गर्ने, सञ्चालनमा अवरोध गर्नेलाई कारवाही के हुने, कसरी गर्ने, रेल अपराध नियन्त्रण कसरी गर्नेलगायत विषय समाविष्ट […]


उपसभामुखलाई राजीनामा दिन नेकपाको आग्रह

काठमाडौँ, पुस २६ गते । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, “सभामुख पदमा नेकपाले उम्मेदवारी दिने […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter