समाचार

६० जिल्लामा टेलिकमको फोरजी; टेलिकमकाे फाेन नम्बर अब वेभसाइटबाटै पाउने

काठमाडौँ, पुस ६ गते । गत असोज १५ मा एकैपटक ३६ जिल्लामा फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमले ६० जिल्लामा यसको विस्तार गरेको छ । टेलिकमले नौ सयभन्दा बढी साइट स्थापना गरी ६० जिल्लाका मुख्य सहर र नगरपालिकामा यो सेवा विस्तार गरेको जनाएको छ । योसँगै टेलिकम नेपालमा सबैभन्दा धेरै स्थानमा फोरजी नेटवर्क विस्तार गर्नेमा […]


भक्तपुरमा भ्रमण वर्षको तयारी : उत्कृष्ट गन्तव्य छानिए पर्यटक आगमन भने घट्दो

भक्तपुर, पुस ५ गते । सरकारले बीस लाख पर्यटक भित्र्रयाउने महत्वाकांक्षी लक्ष्यसहित घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’ दश दिनपछि सुरु हुँदै छ । भक्तपुरमा पनि भ्रमण वर्षका लागि विभिन्न कार्यक्रमको तयारी भइरहेको छ । भक्तपुरले मुख्य–मुख्य गन्तव्यसमेत छनोट गरिसकेको छ । तर, पर्यटकीय पूर्वाधारको कमी, आवश्यक पर्यटकीय सेवासुविधाको अभावलगायत कारणले पर्यटकको आगमन भने घट्न थालेको छ । विगतका वर्षमा […]


विद्युतीय चुलोको गुणस्तर मापदण्ड कार्यान्वयन गर्नुपर्नेमा जोड

ललितपुर पुस ५ गते । राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले नेपालमा विद्युत्को उत्पादनमा वृद्धि भएसँगै यसको खपत बढाउन र आयातित खाना पकाउने एलपी ग्यासको निर्भरतालाई घटाउन विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल गुणस्तर तथा नापतौल विभागले यहाँ आयोजना गरेको विद्युतीय चुलोको मापदण्डसम्बन्धी छलफल कार्यक्रममा उहाँले […]


वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण कामलाई अनलाइन प्रणालीमा लैजाने तयारी भइरहेको छ – महानिर्देशक डा. भुसाल

काठमाडौँ, पुस ४ गते । विगतमा चरम बेथिति भएको क्षेत्रका रुपमा चर्चा हुने वैदेशिक रोजगार पछिल्ला दिनमा भने निरन्तर सुधारको प्रक्रियामा देखिएको छ । अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसको सन्दर्भ पारेर सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डको कार्य सञ्चालन प्रभावकारिता’सम्बन्धी छलफलमा सहभागी सरोकारवालाले सकारात्मक सुधारलाई निरन्तरता दिँदै […]


बंगलादेश सरकारले ग-याे माथिल्लो कर्णालीको विद्युत् खरीद गर्ने निर्णय

रमेश लम्साल / काठमाडौँ, पुस ४ गते । बङ्गलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय भएको हो । जिएमआरका निर्माण परियोजना प्रमुख केके शर्माले […]


उद्यमी श्रेष्ठलाई फ्रान्सको सर्वोच्च विभूषण

काठमाडौँ, पुस ३ गते । फ्रान्स र नेपालबीचको आर्थिक एवं सामाजिक सम्बन्धलाई सुदढ तुल्याउन उल्लेखनीय योगदान गरेवापत नेपाली उद्यमी श्याममोहन श्रेष्ठलाई ‘ल सभालिए द ला लेज्योँ’ विभूषण प्रदान गरिने भएको छ । फ्रान्सेली सरकारले प्रदान गर्ने सर्वोच्च विभूषण मानिने सो विभूषण ग्रहण गर्न नेपाल सरकारले उद्यमी श्रेष्ठलाई अनुमति दिएको छ । मन्त्रिपरिषद्को मङ्सिर ३० गतेको […]


एमसीसी संसदले अनुमोदन गर्ने स्पष्ट छ : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ, पुस ३ गते । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट अनुमोदन गर्ने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुक्रबारबाट शुरु हुने संसद्को हिउँदे अधिवेशनले एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले एमसीसी अहिले नभएर […]


सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध : प्रम

काठमाडौँ, पुस २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले आज सीमा विवादका विषयमा सर्वोच्च अदालतमा बुझाउनुभएको लिखित जवाफमा भन्नुभएको छ, “नेपालको सिमानाको रक्षा तथा नेपालको भूभागको संरक्षणका लागि आवश्यक काम कारवाही भइरहेको र कूटनीतिक माध्यमबाट समाधान हुने विषयमा सम्मानित अदालतबाट कुनै […]


अमेरिकी अनुदानको दुई स्काइट्रक नेपाली सेनालाई हस्तान्तरण

काठमाडौं, पुस २ गते । अमेरिकाले नेपाली सेनालाई दुई थान एम २८ स्काइट्रक हस्तान्तरण गरेको छ । अमेरिकाले उपलब्ध गराएको दुबै स्काइट्रक नेपाल अमेरिका सम्बन्ध स्थापनाको ७० वर्षमा अहिलेसम्मको सबैभन्दा ठूलो सुरक्षा अनुदान हो । काठमाडौंमा एक समारोहकाबीच नेपालस्थित अमेरिकी दूतावासले छोटो समयमा उडान र अवतरण गर्न सक्ने क्षमतासहितको दुई स्काइट्रक नेपाली सेनालाई हस्तान्तरण गरेको […]


दर्ताविनै चलिरहेका छन् साढे ६ हजार उद्योग

तुलसीपुर, पुस १ गते । दाङमा अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा आएको पाइएको छ । दाङमा सञ्चालित १४ हजार ४२१ उद्योगमध्ये ७ हजार ९०३ उद्योग मात्रै दर्ता भएर सञ्चालनमा आएको जिल्ला तथ्याङ्क कार्यालय दाङले जनाएको छ । कार्यालय प्रमुख तुलसीराम पोख्रेलेका अनुसार अझै पनि ६ हजार ५१८ वटा साना उद्योग दर्ताबिनै सञ्चालनमा आएका छन् । यी […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter