काठमाडौँ, मङ्सिर २६ गते । काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई सुरक्षित र मर्यादित बनाउन सवारी चालकलाई सचेतनामूलक तालीम दिने भएको छ । सवारी चालकको व्यवहारमा परिवर्तन गर्नका लागि उनीहरुलाई योजनाअनुरुप प्रशिक्षण दिन लागिएको हो । पहिलो चरणमा करीब दुई हजार ५०० सवारी चालकलाई तालीम दिइने महानगरपालिकाले जनाएको छ । तालीममा उहीहरुलाई यात्रुसँग गनुपर्ने मीठो व्यवहार, कहाँ […]
काठमाडौँ, मङ्सिर २५ गते । काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएका जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले निर्माणस्थल नजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको व्यवस्थापनलगायतका काम अघि बढाएको हो । सडक विभागको समन्वयमा त्यस स्थानमा कार्यालय भवन निर्माण गर्न शुरु गरेको सडक […]
काठमाडौँ, मङ्सिर २५ गते । काठमाडौँ महानगरपालिकाले फोहरको अन्तिम व्यवस्थापन स्थानसम्म पु¥याउनका लागि स्रोतमा नै फोहरको वर्गीकरण गरी लैजाने भएको छ । शहरवासीले उत्पादन गरेको फोहर शुरुकै अवस्थामा वर्गीकरण नगरी व्यवस्थापन समस्या आएको भन्दै महानगरपालिकाका सबै वडामा यस किसिमको व्यवस्था गर्न लागिएको हो । स्थानीय तहले स्रोतमा नै कुहिने, नकुहिने र पुनः प्रयोग गर्न मिल्ने […]
काठमाडौँ, मङ्सिर २५ गते । नेपाली कांग्रेस नगर संघर्ष समितिको आह्वानमा कागेश्वरी नगरपालिकामा भएका अनियमितता, चरम बेथिती र नगर प्रमुखको मनोमानी र स्वेच्छाचारीता लगायतको बिरोधमा “तेस्रो चरणको बिरोध कार्यक्रम” अन्तर्गत नेपाली कांग्रेसबाट निर्बाचित वडा अध्यक्षहरु सुदर्शन धिमाल, भाईकाजी अधिकारीर जीवन थापा र तथा वडा सदस्यहरु सहदेव कार्की, शर्मिला थापा कार्की र लक्ष्मण पुरी, बिना थापा, […]
काठमाडौँ, मङ्सिर २४ गते । मानव विकास सूचाङ्कमा उत्कृष्ट प्रदर्शनका साथ नेपाल दुई स्थान माथि उक्लिएको छ। संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को रिपोर्ट अनुसार, अघिल्लो वर्ष १४९ औँ स्थानमा रहेको नेपालले दुई स्थान सुधार गर्दै सन् २०१९ मा १४७ स्थानमा पुगेको हो। कूल १८९ देशको सूचीमा नेपाल ०.५७९ अंकका सााथ १४७ औँ स्थानमा कायम […]
काठमाडौँ, मङ्सिर २४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपतिले आगामी पुस ४ गते शुक्रबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वर काठमाडौँमा अधिवेशन आह्वान गर्नुभएको हो । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिबाट संसद्को दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता […]
काठमाडाँै, मङ्सिर २३ गते । राष्ट्रियसभाका रिक्त सदस्य पदका लागि आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगद्वारा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त समयमा निर्वाचन गर्नका लागि आयोगले आजै सरकारलाई परामर्श पेश गर्न लागेको राजनीतिक दलका प्रतिनिधिलाई जानकारी दिनुभयो । निर्वाचन आयोगको […]
काठमाडाँै, मङ्सिर २३ गते । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन ९कोप–२५०मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति स्पेन प्रस्थान गर्नुभएको छ ।स्पेनको म्याड्रिडमा भइरहेको कोप–२५ को विशेष सभालाई मन्त्री बस्नेतले बुधबार सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । म्याड्रिड प्रस्थानअघि मन्त्री बस्नेतले हिमालयहरुमा […]
काठमाडौं, मङ्सिर २२ गते । मानव अधिकार आयोगले आफ्नो वार्षिक प्रतिवेदन २०७६ राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गरेको छ । आइतबार शितल निवासमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्मालले राष्ट्रपति भण्डारीलाई सो प्रतिवेदन पेस गर्नु भएको हो । निर्वाचन आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझायो निर्वाचन आयोगले उपनिर्वाचन २०७६ को प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ […]
काठमाडौं,२२ मंङ्सिर । पशु कल्याण संघ नेपालले गढीमाई पञ्च वर्षीय मेला मूल समितिविरुद्ध मुद्दा दर्ता गर्ने भएको छ । मेला व्यवस्थापन गर्न बनेको मूल समितिले नै पशुवलीलाई प्रोत्साहन गरेको भन्दै संघले मुद्दा हाल्ने जनाएको हाे । सर्वोच्च अदालतले बली प्रथालाई निरुत्साहित गर्ने भने पनि प्रशासन र स्थानीय सरकारले पालना नगरेको संघको अरोप छ । संघकी […]