समाचार

असम्बद्ध निकायबाट फैसलाको परीक्षण गरिनु न्यायपालिकाको मर्यादा विपरित

नारायण काफ्ले / काठमाडौँ, असोज १० गते । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्याय सम्पादनको रोहमा भएका फैसला र आदेशहरूको असम्बद्ध व्यक्ति र निकायबाट परीक्षण गर्ने कार्य स्वतन्त्र न्यायपालिकाको मान्यताविपरीत भएको बताउनुभएको छ । फैसला र आदेशको विधिपूर्वक परीक्षण हुन सक्ने भए पनि असम्बद्ध प्रक्रियाबाट गरिने परीक्षण स्वतन्त्र न्यायपालिकाको अवधारणाविपरीत समेत रहेको प्रधानन्यायाधीश जबराको भनाइ छ […]


म्याद सकिएको खाद्य वस्तु बिक्रीमा, अनुगमन जाँदा भागाभाग

सोलुखुम्बु, असोज १० गते । जिल्ला सदरमुकाम सल्लेरीमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । सोलुदूधकुण्ड नगरपालिका र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले संयुक्तरूपमा गरेको बजार अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो । न्यूनतम मापदण्ड पूरा नगरेका मासु पसलका कारण बजार क्षेत्र सधै दुर्गन्धित हुन्छ । बिहीबार दिउँसो स्थानीय प्रशासनसहितको […]


चीनका राष्ट्रपतिको नेपाल भ्रमणको तीव्र प्रतीक्षामा छौं – सञ्चारमन्त्री

दीपक श्रेष्ठ / काठमाडौ, असोज ९ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले यो वर्षलाई उच्चस्तरीय भ्रमणहरुको आदनप्रदान वर्षको रुपमा सरकारले अगाडि बढाएको बताउनुभएको छ । चीनका राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणका विषयमा सञ्चारकर्मीको जिज्ञासामा नेपाल सरकारका प्रवक्ता बाँस्कोटाले भन्नुभयो, “तीव्र प्रतिक्षामा छौं । मित्र राष्ट्र चीनबाट २३ वर्षदेखि उच्चस्तरीय भ्रमण नेपालमा भएको […]


स्वदेशमै दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक – अध्यक्ष प्रचण्ड

बुटवल, असोज ९ गते । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी लगानीकर्तालाई स्वदेशमै दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को आज उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले सरकारले नीति कार्यक्रम बनाउँदा लगानीमैत्री वातावरण निर्माणको विषयलाई महत्व दिएको बताउनुभयो […]


उपनिर्वाचनः नयाँ २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान

काठमाडौँ, असोज ९ गते । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिने नयाँ २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ । आयोगको आजको बैठकले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको लागि हुने उक्त निर्वाचनमा भाग लिने राजनीतिक दलको दल दर्ता गरी निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको हो । […]


गौरीशंकर संरक्षण क्षेत्रको सुरक्षामा जुटे लामा गुरुहरु

कैलाश लामा / चरिकोट, दोलखा, असोज ८ गते । सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाको दुई हजार १७९ वर्ग मिटर क्षेत्रफलमा फैलिएको गौरीशंकर संरक्षण क्षेत्रको सुरक्षा गर्ने जिम्मा लामागुरुले पाउनुभएको छ । प्राणी अधिकारलाई पूर्णतः प्रत्याभूत गरिएको बौद्ध धर्मका अनुयायी लामा गुरुहरुलाई उक्त जिम्मा दिइएको हो । तीन जिल्लाका १० स्थानीय तहमा ९५० देखि सात हजार […]


प्रधानमन्त्रीले हलो जोतेको सम्झना गरेपछि…

काठमाडौँ, असोज ८ गते । ‘म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमीन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युवा उमेर सम्झँदै किसान नेताहरुसँग भने, ‘सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ ।’ आफ्नो गृह जिल्ला झापाको […]


एक्काइसौँ शताब्दीको विकासको मार्ग चीनको सफलताले निर्धारण गर्नेछ – प्रम ओली

काठमाडौँ, असोज ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीन शक्तिशाली देश भइकन पनि दम्भपूर्ण र अवाञ्छित गतिविधिमा नलाग्नु विश्व राजनीतिक इतिहासमा नयाँ परिदृष्य भएको बताउनुभएको छ । नेकपाको केन्द्रीय स्कूल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागले आयोजना गरेको विचारधारात्मक छलफल कार्यक्रमको शुभारम्भका अवसरमा सोमबार प्रधानमन्त्रीले दिनुभएको सम्बोधनमा उहाँले भन्नुभयो, “ कुनै पनि […]


तीनवटै तहबीच समन्वय हुनुपर्नेमा जोड

काठमाडौँ, असोज ७ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले परिवर्तित संरचनाअनुरुप तीनवटै तहबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित ‘अन्तर तह समन्वय तथा स्थानीय तहको क्षमता विकास’ विषयक अन्तरक्रिमा उहाँले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै जन अपेक्षाअनुरुप […]


वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशील : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, असोज ७ गते । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आज यहाँ आयोजित २७ औँ वार्षिक साधारणसभामा बोल्दै उहाँले यस क्षेत्रका समस्या समाधानका उपायसहित आउन व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “स्पष्ट अवधारणासहित सरकारसँग आउनुहोस् सरकारले ती […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter