होमराज रानाभाट / अरुणखोला भदौ ७ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्बी नवलपरासीको गत हप्ता भाँचिएको अरुणखोला पुल मर्मत सकिए पछि शनिवार देखि संचालनमा आएको छ । पुल भाँचिए पछि दश दिनदेखि पूर्ब पश्चिम राजमार्ग अबरुद्ध थियोे । गत साउन २९ गते बिहान पूर्बबाट पश्चिम र्फ जादै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले पुर्बी […]
ललितपुर, भदौ ७ गते । मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा आज भएको ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन’ मा उहाँले शताब्दीयौ अगाडि देखिको औद्योगिक कालको शिक्षालाई परिवर्तन गर्न आवश्यक भएकाले व्यापक क्रान्ति र छलफल गर्न जरुरी रहेको बताउनुभयो । “शिक्षाका माध्यमबाट समाजको नेतृत्व गर्ने राजनीतिज्ञ, औद्योगिक, शिक्षक, व्यापारी, चिकित्सक, चालकलगायतका विभिन्न जनशक्ति सिर्जना हुने […]
काठमाडौँ, ७ भदौ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण गर्नेबारे हामी भित्रै समस्या रहेको बताएका छन् । आफ्नै निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ५ स्थित प्रदेश नम्बर ३ सरकारले बनाएको लम्टाङ्गिन पार्क शनिबार उद्घाटन गर्दै पोखरेलले सार्वजनिक जग्गा आफ्नो बनाउने मनस्थिति आम मानिसले त्याग्नुपर्ने बताए । काठमाडौं उपत्यका लगायत शहरी क्षेत्रभित्र विभिन्न स्थानमा […]
काठमाडौँ, भदौ ६ गते । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली नागरिकले विदेशी बैङ्कमा खाता खोली रकम जम्मा गरेको भनिएको विषयमा सरकारले छानबिन प्रक्रिया जारी राखेको बताउनुभएको छ । प्रतिनिधिसभामा सांसदसँगको प्रश्नोत्तरमा मन्त्री खतिवडाले राजस्व सचिवको अध्यक्षतामा छानबिन प्रक्रिया जारी रहेको बताउनुभएको हो । उहाँले सरकारी संयन्त्रबाट मात्र छानबिन प्रक्रिया सम्भव नभएको पनि बताउनुभयो । जवाफमा […]
काठमाडौँ, भदौ ६ गते । प्रदेश १ बाहेक ६ वटा प्रदेशसभाले स्थानीय तहका जनप्रतिनिधिले मासिक रुपमा पारिश्रमिक, ज्याला, तलब सुविधा पाउने गरी कानुन बनाएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखा आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासहितको संवैधानिक इजलासले विपक्षीहरुसँग लिखत जवाफ माग्नुका साथै अन्तरिम आदेश दिने-नदिने बारे छलफलमा बोलाएको छ । प्रदेश […]
राष्ट्रियसभा सदस्यहरुले संघीयता कार्यान्वयन गर्ने गम्भीरता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरीवेक्षण र समन्वय विधेयक २०७६ माथिको सैद्धान्तिक छलफलको क्रममा सांसदहरुले विधेयक संविधानको मुल मर्म विपरित भएको भन्दै संविधान अनुसार संघीयताको सफल कार्यान्वयनका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले सैद्धान्तिक दृष्टिले […]
राष्ट्रिय जनमोर्चाले सरकारप्रतिको असन्तोषका कारण गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामाथि नै गम्भीर खतरा उत्पन्न भएको बताएको छ । ३१ र ३२ साउनमा बसेको पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै सो पार्टीले जनआन्दोलनका मुख्य उपलब्धिको रक्षा गर्नुपर्ने बताएको हो । पत्रकार सम्मेलनमा पार्टी अधयक्ष चित्रबहादुर केसीले पूर्वराजा, राजावादी र कांग्रेस नेताहरूले समेत धर्मनिरपेक्षताको विरोध गरेको बताए । सरकारले सही […]
लमजुङ, ४ भदौ – पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेकाले पर्यटन प्रवद्र्धनका लागि प्रथम क्यानोनिङ महोत्सव २०७६ गरिने भएको छ । डुमे्र बेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा यही भदौ ६ र ७ गते सो महोत्सव गरिने भएको हो । पर्यटन वर्ष २०२० लाई पर्यटन वर्ष घोषणा गरेअनुरुप त्यसलाई सार्थकता प्रदान गर्ने उद्देश्यले […]
काठमाडौं ४ भदौ– संसदको राज्य व्यवस्था समितिले तत्कालै क्लिनफिड लागू हुने व्यवस्था राख्दै बुधवार विज्ञापन विधेयक पारित गरेको छ । यसअघि राष्ट्रियसभाबाट विज्ञापनसम्बन्धी विधेयक पारित हुँदा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी मिति तोकेपनि सो व्यवस्थालाई संसोधन गर्दै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले क्लिनफिड तत्कालै लागू हुने व्यवस्था राखेर विधेयक पारित गरेको हो । पारित विधेयक ऐन […]
ओखलढुंगाका दुईवटा स्थानीय तहले विवाहित छात्राको अध्ययनमा सघाउन छात्रवृत्ति कार्यक्रम ल्याएका छन् । विवाहपछि पढाइ छोड्ने र खर्चका कारण पढाइलाई निरन्तरता दिन नसक्ने छात्रालाई लक्षित गर्दै सुनकोसी र खिजिदेम्बा गाउँपालिकाले ‘बुहारी छात्रवृत्ति कार्यक्रम’ ल्याएका हुन् । सुनकोसी गाउँपालिकाले वार्षिक पाँच हजार र खिजिदेम्बा गाउँपालिकाले वार्षिक ६ हजार रुपैयाँको छात्रवृत्ति विवाहित छात्रालाई उपलब्ध गराएका छन् । बालविवाह गरेकाले भने […]