लक्ष्मण पौडेल / भैरहवा, साउन ८ गते । बुद्धजन्मस्थल लुम्बिनीमा गत वर्षदेखि सुरु भएको बौद्ध ग्रन्थ त्रिपिटक वाचन यस वर्ष पनि हुने भएको छ । भारतको बोधगया र कुशिनगरमा बिगत १६ वर्षदेखि त्रिपिटक वाचन भैरहेपनि बुद्ध जन्मस्थल लुम्बिनीमा भने पहिलो पटक गतवर्ष त्रिपिटक वाचन गरिएको थियो । लुम्बिनीको आध्यत्मिक विकासमा टेवा पु¥याउने लक्ष्यसहित गत वर्षको […]
नगेन्द्र सापकोटा / काठमाडौँ, साउन ७ गते । नेपाल नगरपालिका सङ्घले देशभरका नगरपालिकालाई सबल र समृद्ध बनाउने गरी पाँच वर्षे रणनीतिक योजना बनाएको छ । सङ्घले छवटै महानगरपालिका, ११ वटा उपमहानगरपालिका र २७६ वटा नगरपालिकालाई व्यवस्थित सहरीकरण निर्माण गर्ने गरी रणनीतिक योजना बनाएको हो । पूर्व मुख्यसचिव डा. सोमलाल सुवेदीसहितको विज्ञ टोलीले नगरले प्रवाह गर्ने […]
काठमाडौँ, साउन ७ गते । अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकहरूले ‘भिजिट नेपाल २०२०’ को प्रचार अभियान मेरिल्याण्डबाट औपचारिक रुपमा शुरु गरेका छन् । प्रवासमा बस्ने नेपाली मातृभूमिसँग कुनै न कुनै तवरले जोडिन र गैरआवासीय नेपालीको नेपालसँगको भावनात्मक सम्बन्धलाई मुलुकको बृहत्तर हितका लागि उपयोग गर्न विभिन्न जमर्को हुँदै आएको मेरिल्याण्डस्थित आवासीय नेपाली सङ्घले जनाएको छ […]
काठमाडौँ, साउन ६ गते । जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशोधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ६३ करोड ९९ लाख अनुदान प्रदान गर्ने भएको छ । अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रमममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गर्नुभयो । आजै ती […]
कञ्चनपुर, साउन ६ गते । कृष्णपुर नगरपालिका– ८ रैकवार बिचवाका ७२ वर्षीय राजबहादुर चौधरीका आँखमा अझै आँशु थामिएका छैनन् । सशस्त्र द्वन्दका बेला हराएका छोरा नफर्किँदा चौधरी निकै दःुखी छन् । अठार वर्षकै उमेरमा विद्रोहीको आरोपमा उहाँका छोरालाई खाना खाईरहेका बेला तत्कालीन सुरक्षा फौजले नियन्त्रणा लिएर लगेपछि अहिलेसम्म अत्तोपत्तो छैन । “गाउँ नजिकैको वडा कार्यालयको […]
बाँके समाचारदाता / बाँके, साउन ५ गते । नेपालगञ्ज नाका भएर भारतबाट भित्रिने तरकारीको परिमाण अत्यधिक बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा सवा अर्ब रुपियाँको तरकारी भित्रिएकोमा आर्थिक वर्ष २०७५÷७६ मा सवा दुई अर्ब रुपियाँको तरकारी नेपालगञ्ज भित्रिएको छ । नेपालगञ्ज भएर भित्रिने भारतीय तरकारी प्रदेश ५ सहित सुदूरपश्चिम र […]
शिवा तामाङ / काठमाडौँ, साउन ५ गते । भएभरका फोहोर एउटै डस्टबिनमा फाल्ने संस्कारले फोहोर व्यवस्थापनमा चुनौती हुने गरेको छ । फोहोरको समस्या कहिल्यै समाधान नहुने मुख्य कारण पनि त्यही हो भन्छन्– फोहोर व्यवस्थापनमा काम गरिरहेका विज्ञहरू । फोहोरलाई स्रोतमै छुट्याउँदा जोखिमयुक्त फोहोरसमेत आम्दानीको दरिलो माध्यम बन्ने अनुपम उदाहरण बनेको छ शिक्षण अस्पताल । अस्पतालबाट […]
शरद शर्मा, काठमाडौँ, साउन ४ गते । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव गरिएको छ । परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले अन्तर्राष्ट्रिय प्रचलनअनुसार नेपालमा पनि युवाको उमेर समूहमा पाँच वर्ष कम […]
काभ्रेपलाञ्चोक, साउन ४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने बताउनुभएको छ । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभालाई आज बनेपामा सम्बोधन गर्दै भन्नुभयो, “बुद्धको देशमा हिंसा अस्वीकार्य छ ।” जसले हिंसा गर्छ अन्तिममा त्यही शिकार बन्ने उहाँले दाबी थियो । मन्त्री बाँस्कोटाले विभिन्न स्थानमा लुकेर जनतालाई आतङ्कित […]
काठमाडौँ, साउन ३ गते । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणबाट केही तल रहेकाले मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । अहिले मनसुन देशभरि नै सामान्य सक्रिय छ भन्दै उहाँले पूर्वी […]