समाचार

हराउँदै लमी परम्परा: अहिले केटालाई केटी, केटीलाई केटा कमै खोज्नुपर्छ

यलु जोशी / काठमाडौँ, असार २९ गते । असार महिना बिहेको मौसम । पहिले–पहिले भए यो महिना दिलमाया तुलाधरलाई केटा र केटी पक्षको कुरो मिलाउँदैमा एकछिन फुर्सद हुँदैनथ्यो तर अचेलको असार मात्र होइन, मङ्सिरमा पनि उहाँलाई फुर्सदै फुर्सद हुन्छ । यो असारमा दिलमाया घरमै आरामसँग बत्ती कातेर बिताउँदै हुनुहुन्छ । उपत्यकाका रैथाने नेवार समुदायमा पनि […]


विमानस्थलमै औषधि थन्कियो, डोल्पामा बिरामीको बिजोग

बाँके, असार २८ गते । कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौँ मूल्यको औषधि करीब सातादेखि नेपालगञ्ज विमानस्थलमा थन्किएको छ । नेपालगञ्जबाट जुफालका लागि हवाई उडान अवरुद्ध भएका कारण उक्त औषधि नेपालगञ्जमै थन्किएको हो । औषधि यही थन्किएपछि अहिले डोल्पा अस्पतालमा सिटामोलको समेत अभाव देखिएको अस्पतालले जनाएको छ । जुफाल विमानस्थल चार दिनदेखि नखुलेकोले नेपालगञ्जदेखि जुफाल […]


सङ्घीय शिक्षा नीति आउँदै – मन्त्री पोखरेल

काठमाडौँ, असार २८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समाजवाद उन्मुख संविधानअनुकूल सङ्घीय शिक्षानीति चाँडै पारित हुने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का निमित्त नेपाल राष्ट्रिय आयोगको ३१औँ वार्षिकसभाको अध्यक्षता गर्दै उहाँले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले पेस गरेको प्रतिवेदन मन्त्रिपरिषद्मा विचारधीन रहेकाले पारित भएपछि नयाँ शिक्षा नीति […]


आठ घण्टापछि यतिको विमान हटाइयो, विमास्थल खुल्ला

काठमाडौं, असार २७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर क्षतिग्रस्त यति एयरलाइन्सको विमान हाटाइएको छ । नेपालगञ्जबाट यात्रु लिएर आएको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । त्यसपछि विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध हुँदै आएको छ । करीब आठ घण्टपछि विमानस्थल […]


वर्षाका कारण काठमाडौंमा तीन सहित ११ जनाको मृत्यु; वर्षा अझै दुई दिन जारी रहने, सजग रहन आग्रह

काठमाडौ, असार २७ गते । दुई दिन देखिको निरन्तर वर्षाले देशभर धनजनको क्षति भएको समाचारहरू प्राप्त भएका छन् । गृहमन्त्रालयका अनुसार देशभर शुक्रबार अपरान्ह सम्म एघार जनाको मृत्यु भएको छ भने आठ जना वेपत्ता भएका छन् । बाढी पहिरोका कारण १३ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ । यसबीच मुलपानीमा पर्खाल भत्कँदा तीन जनाको मृत्यु […]


साझाका रात्रिकालीन बस सेवा शुरु

काठमाडौँ, असार २५ गते । साँझ ६/७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस शुरु गरेका हुन् । तीन रुटमा बस शुरु भएको संस्थाका व्यवस्थापक महेन्द्रराज […]


युवालाई स्वरोजगार बनाउन अनुदानमा टेम्पो वितरण

भैरहवा, असार २६ गते । रुपन्देहीको सियारी गाउँपालिकाले युवालाई स्वरोजगार बनाउन टेम्पो प्रदान गरेको छ । स्वरोजगार ड्राइभिङ तालिम प्राप्त गरेका गाउँपालिकाभित्रका १८ जना युवालाई गाउँपालिकाले टेम्पो वितरण गरेको हो । गाउँपालिकमा युवा स्वरोजगार कार्यक्रम अन्तर्गत विगतमा विभिन्न तालिम सञ्चालन गरिएको थियो । त्यसमध्ये ड्राईभिङ तालिम लिएका १८ युवालाई पहिलो चरणको कार्यक्रम अन्तर्गत टेम्पो प्रदान […]


विदेशी पर्यटकका उजुरी

काठमाडौँ, असार २५ गते । नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले आफूहरु माथि चोरी, ठगी, लुटपाट, पाकेटमार, दुव्र्यवहारलगायतका घटना भएको भन्दै उजुरी दिन थालेका छन् । नेपाल घुम्न आउने विदेशी पर्यटकको सुरक्षा र पर्यटकलाई पर्ने समस्या समाधान गर्न विसं २०३५ माघ १२ गते स्थापना भएको पर्यटक प्रहरीमा विदेशी पर्यटकले उजुरी दिएका हुन् । पर्यटक प्रहरीमा चालू […]


प्रहरी समायोजन – प्रदेश प्रमुखमा ‘प्रहरी नायब महानिरीक्षक’

काठमाडौँ, असार २५ गते । नेपाल प्रहरीको प्रदेश प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) रहनुहुने भएको छ । प्रहरी समायोजन भएर जाँदा प्रदेश प्रहरी प्रमुखमा डिआइजी राख्ने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यबीच यस्तो सहमति जुटेको हो । प्रदेश प्रमुखको पदको नाम भने निक्र्योल भइसकेको छैन । ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा […]


एचआइभी संक्रमतिलाई गाउँपालिकाले दियो पोषण भत्ता

शिवराज ढुङ्गाना /अछाम, असार २४ गते । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा रहेका एचआईभी संक्रमितलाई पोषण भत्ता वितरण गरिएको छ । गाउँपालिकामा रहेका ६ वटै वडाका ३४ जना संक्रमितलाई पोषण भत्ता दिइएको हो । एचआईभी संक्रमितमा पोषणको अवस्था कमजोर हुनेभएकोले पोषणमा कमी हुन नदिन प्रतिव्यक्ति तीनहजार दुईसय ३५ का दरले पोषण भत्ता वितरण गरिएको गाउँपालिकाले जानकारी […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter