समाचार

स्वास्थ्यमा सबै जनताको सहज पहुँच हुनुपर्छ – उपराष्ट्रपति पुन

काठमाडौँ, जेठ ३ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँच पुर्‍याउन ध्यान दिनुपर्ने बताउनु भएको छ । नेपाल कुष्ठरोग निवारण सङ्घको स्वर्ण जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँचले मात्र संविधान प्रदत्त मौलिक अधिकार कार्यान्वयन हुनेछ भन्नुभयो । कुष्ठ प्रभावितको पुनर्स्थापनामा […]


नेपालीकरण बन्द हुँदा सेवाग्राही मर्कामा

काठमाडौँ, जेठ २ गते । सरकारले ‘स्मार्ट’ चालक अनुमतिपत्रमा नेपालीकरण गर्ने कार्य रोक्दा सेवाग्राही मर्कामा परेका छन् । यो सेवा बन्द भएको जानकारी नहुँदा दैनिक सेवाग्राही कार्यालय आएर दुःख पाउने गरेका छन् । सरकारले गत भदौमा यो सेवा बन्द गरे पनि दैनिकजसो सेवाग्राही आइरहेको एकान्तकुनास्थित प्रदेश नं ३ यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयले […]


नेकपाको एक वर्ष – एकता पूर्ण नहुँदा वैचारिक–साङ्गठनिक शिथिलता

काठमाडौं, जेठ २ गते । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम तालमेलको सफलतासँगै एकीकृत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा तल्लो तहसम्मको एकता पूर्ण नहुँदा वैचारिक र साङ्गठनिक शिथिलता देखिएको छ । मुलुकका क्रियाशील दुई ठूला कम्युनिष्ट पार्टी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता घोषणा भएको एक वर्ष व्यतीत हुँदा प्रदेश र जिल्ला […]


दाताको सहयोगमा घाँसे मैदान व्यवस्थापन गर्दै निकुञ्ज

चितवन, जेठ २ गते । चितवन राष्ट्रिय निकुञ्जमा दाताको सहयोगमा ८६ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरिँदैछ । नियमित घाँस व्यवस्थापन थोरै क्षेत्रफलमा हुँदा घाँसको अभावमा वन्यजन्तु बस्ती पस्न थालेपछि निकुञ्जको आग्रह र दाताको सहयोगमा थप क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गर्न थालिएको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको पश्चिमी क्षेत्रको ट्याम्पल टाइगर […]


स्वरोजगार तालीमको ४० प्रतिशत मात्र खर्च

चिप्लेढुङ्गा, जेठ १ गते । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको स्वरोजगार कार्यक्रमका लागि विनियोजित रकम जम्मा ४० प्रतिशत मात्र खर्च भएको छ । आर्थिक वर्ष २०७५/७६ मा बेरोजगारलाई स्वरोजगार बनाउने र आयआर्जनका लागि सक्षम बनाउने उद्देश्यले करीब रु १० करोड ६ लाख उक्त शीर्षकमा छुट्टाइएको थियो । आव सकिन दुई महिना छँदा विनियोजित रकमको आधाभन्दा […]


‘मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण’ कार्यक्रम शुरु

भक्तपुर, जेठ १ गते । भक्तपुर अस्पतालमा आजदेखि ‘मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण’ कार्यक्रम शुरु भएको छ । कार्यक्रमको प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्दै जाने बताउनुभयो । उहाँले प्रदेश सरकारले आगामी वर्षमा पनि जनता लक्षित प्रभावकारी स्वास्थ्य कार्यक्रम ल्याउने जानकारी दिनुभयो । गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न […]


नेपालीको मुहार उज्यालो हुने क्षेत्र नै बजेटको प्राथमिकता हुनेछ– अर्थमन्त्री खतिवडा

काठमाडौंँ, वैशाख ३१ गते । अर्थमन्त्री डा. युवराज खतिवडाले हामीले अपनाएको राजनीतिक र आर्थिक प्रणाली एवं अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हँुदै आएको बताउनुभएको छ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले विकासका आकांक्षा र साधन स्रोतबीचको सन्तुलनका आधारमा […]


सगरमाथा आरोहणको ढोका खुल्दैः ल्होत्से आरोहण शुरु

काठमाडौंँ, वैशाख ३१ गते । वसन्त ऋतुको यो याममा ल्होत्से हिमालको आरोहण शुरु भएको छ । इमाजिन नेपालको आरोही समूहले (ल्होत्से–८,५१६ मिटर) हिमालको आज बिहान सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ । कूल १२ आरोहीमध्ये पाँच जना डोरी टाँग्ने शेर्पा छन् भने अन्य सात जनामा एक नेपालीसहित चीन, पाकिस्तान र ग्रिसका दुई÷दुई आरोही छन् […]


पचास प्रतिशत निजी आवास पुनः निमार्ण

काठमाडौंँ, वैशाख ३१ गते । भूकम्प गएको चारवर्ष बित्दा पनि नागार्जुन नगरपालिकामा ५० प्रतिशत मात्र निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । नगरपालिकामा २६ प्रतिशत लाभग्राहीले घर निर्माण सकेर तेस्रो किस्ताबापतको रकम लिएका छन् । नगरपालिकामा पुनःनिर्माणका जम्मा लाभग्राही सङ्ख्या चार हजार २८८ रहेकामा एक हजार एक ५५ लाभग्राहीले मात्र निजी आवास पुनःनिर्माण गरेका छन् […]


लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउनुपर्र्छ – प्रचण्ड

काठमाडौ, वैशाख ३० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानको सयुक्त आयोजनामा आज यहाँ ‘राष्ट्रिय विभूति सीता जन्मजयन्ती समारोह’ मा उहाँले ती धार्मिकस्थललाई जोडेर सर्किट बनाएर मुलुकको धार्मिक पर्यटन विकास गर्न सकिने बताउनुभयो । […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter