काठमाडौँ, फागुन २७ गते । नेपालका मौलिक रैथाने धर्मको संरक्षण गर्ने उद्देश्यले राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन आगामी चैत २ गते राजधानीमा आयोजना हुने भएको छ । जरो किलो प्रतिष्ठान नेपाल, सहृदयता समाज नेपाल र युुग निर्माण महिला समाज नेपालको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । नेपालका मौलिक रैथाने धर्मलाई क्षति पुु¥याउने गरी भइरहेको धर्म […]
फिदिम, फागुन २६ गते । प्रतिलिटर ६० पैसामा खानेपानी खरीद गरेर जीविका चलाउँदै आएका पाँचथरको कुम्मायक गाउँपालिकाका स्थानीयवासीले डिप बोरिङ गरेर जमीनबाट पानी निकालिएपछि ‘आनन्द’को अनुभूति गर्दैछन् । रु ५१ करोड बजेट खर्च गरिएको यासोक क्षेत्र पम्पिङ खानेपानी आयोजना समयमै सम्पन्न नहुँदा खानेपानीको चरम अभावमा ‘काकाकुल’ थियो, कुम्मायक । यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सरकारका […]
पर्वत, फागुन २६ गते । जिल्ला प्रशासन कार्यालय पर्वतमा ५२ वर्षदेखिको अभिलेख व्यवस्थापन गर्न थालिएको छ । विसं २०२३ देखि नागरिकता जारी गर्न थालेको जिल्ला प्रशासन कार्यालयले ५२ वर्षपछि अभिलेख व्यवस्थापन गर्न लागेको हो । अहिलेसम्म कागजपत्र सेतो कपडाभित्र पोको पारेर राख्ने गरिएकामा पहिलोपटक फाइलिङ गरेर व्यवस्थापन गर्न लागिएको हो । सात वर्षदेखि कम्प्युटर प्रणालीमार्फत […]
ललितपुर, फागुन २६ गते । कोटेश्वर–कलङ्की सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि सामान्य सुधारका काम शुरु भएको छ । चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै सुधारका काम शुरु भएको सडक विभागले जनाएको छ । सो सडकमा कुन कुन कुरा यात्रु र चालकका लागि सहज छैन भनेर पहिचान भइसकेको वैदेशिक सहयोग […]
गोरखा, फागुन २५ गते । भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि रु १४ करोडभन्दा बढी रकम खर्च भएको छ । मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार पुरातत्व विभागमार्फत् रु चार करोड र बाँकी रकम भक्तजनबाट सहयोग प्राप्त भएको मन्दिर जीर्णोद्धार समितिका कोषाध्यक्ष कृष्णबाबु श्रेष्ठले जानकारी दिनुभयो । “मन्दिर निर्माणका लागि कूल रु […]
काठमाडौँ, फागुन २५ गते । सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्र प्राथमकितामा राखेकामा पछिल्लो एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखापरेका छन् । समस्यामा रहेका आयोजनामा आवश्यक समन्वय गरिएको, नीतिगत रुपमा स्पष्ट व्यवस्था गरिएको र निजी क्षेत्रलाई समेत साथमा लिएर अगाडि जाने सोच राखेका कारण समृद्धिको आधार तयार भएको छ । सरकारले लगानी गरेका […]
काठमाडौँ, फागुन २५ गते । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले महासचिव एन्टोनियो गुटरेससमक्ष शुक्रबार ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो । त्यस अवसरमा महासचिव गुटरेसले हालै नेपालमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्रीसहित अन्यको निधन भएकामा हार्दिक समवेदना व्यक्त गर्नुभएको न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले शनिबार जनाएको छ । महासचिव गुटरेसले स्थायी प्रतिनिधि राईको स्वागत गर्दै नेपालसँगका […]
राँझा, फागुन २४ गते । कच्चा पदार्थको रुपमा किनबेच हुने जडीबुटीलाई यहाँका व्यवसायीले नेपालगञ्जमै प्रशोधन गरी युरोप र अमेरिका निर्यात गर्न थालेका छन् । कच्चा जडीबुटी निर्यात गर्दा ठूलो झण्झट भएपछि व्यवसायीले नेपालगञ्जमा प्रशोधन कारखाना सञ्चालन गरेर प्रशोधित जडीबुटी प्याकिङ गरी युरोप र अमेरिकालगायत मुलुकमा बिक्री गर्न थालेका हुन् । कर्णाली प्रदेशलगायत हिमाली र पहाडी […]
काठमाडौँ, फागुन २४ गते । सरकारले आर्थिक वर्ष २०८०÷८१ सम्म विद्युतीय सवारीसाधनको संवद्र्धनलाई अभियानात्मक रूपमा अगाडि बढाउने लक्ष्यका साथ जलविद्युत् क्षेत्रको नीति तय गरेको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको आर्थिक वर्ष २०७६÷७७ देखि आव २०८०÷८१ सम्म विद्युत्बाट सञ्चालित सवारीसाधनको प्रवद्र्धन गर्ने र आवश्यक महसुलसमेत तय गरी शहरी क्षेत्रमा विद्युतीय सवारीसाधन सञ्चालन गरिने उल्लेख […]
काठमाडौँ, फागुन २४ गते । ‘नेपाल १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ र ‘तेस्रो प्राङ्गारिक कृषि मेला– २०७५’ आजदेखि शुरु भएको छ । मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ उद्घाटन गर्नुभयो । मेला बिहीबारदेखि शुरु भएको भए पनि आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उद्घाटन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घले […]