समाचार

अन्योलमा खेलकूद, चिन्तित खेलाडी

बाँके, फागुन १२ गते । नेपालगन्जलाई केन्द्रमा राखेर आयोजना हुन लागेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताले बाँकेवासीलाई खुशी तुल्याएको छ । बाँकेवासीसँगै खेलाडी र खेलप्रेमीहरु प्रतियोगिताको प्रतिक्षामा छन् । खेलक्षेत्रमै क्रियाशील खेलाडीका लागि यो महाकुम्भ हो, जसले आफ्नो नामसँगै दाम पनि कमाउन चाहेका छन् । प्रतियोगिताको मिति पटकपटक सारिँदा खेलप्रेमी र खेलाडीहरु भने यति बेला निराश […]


सांस्कृतिक सम्पदा संरक्षणमा अष्ट्रियाको आर्थिक सहयोग

काठमाडौँ, फागुन १० गते । अष्ट्रियाले नेपालका सांस्कृतिक सम्पदा संरक्षणमा आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएकी उक्त देशकी विदेशमन्त्री करिन कनिसलले नेपाल र अष्ट्रियाबीच आज अपराह्न राजधानीमा सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्तापछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै त्यस्तो घोषणा गर्नुभएको हो । “सम्पदा संरक्षणका निम्ति नेपालीलाई प्रशिक्षणमा सघाउनका साथै तत्काल एकलाख २० हजार […]


प्रदेश मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न केन्द्रकै भर

डोटी, फागुन १० गते । सुदूरपश्चिम प्रदेशको मन्त्री परिषद्ले गरेका निर्णय कार्यान्वयन गराउनका लागि केन्द्र सरकारको भर पर्नुपर्ने भएको छ । यहाँको प्रदेश सरकारले जस्तो निर्णय गरे पनि त्यसको कार्यान्वयनका लागि केन्द्र सरकारको निर्णय पर्खिनुपर्ने बाध्यता रहेको छ । गएको माघ ६ गते बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले मालाखेती अस्पताल कैलाली, जोगबुडा अस्पताल डडेल्धुरा, […]


पञ्चासे केबलकार निर्माण चरणमा

 काठमाडौँ, फागुन ९ गते । पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वतको कुश्मा नगरपालिका–१४ र मोदी गाउँपालिका–८ मा पर्ने पञ्चासे तालसम्मको ८.५ किलोमिटर दूरीको केबलकार निर्माण चरणमा प्रवेश गरेको छ । पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडले आज यहाँ पत्रकार सम्मेलन गरी पोखरादेखि पर्वतसम्मको सो दूरीको केबलकारको सम्पूर्ण गृहकार्य सकेर निर्माणको चरणमा प्रवेश गरेको जानकारी गराएको छ । पञ्चासे […]


सामाजिक सञ्जालको गलत प्रयोग ः परिएला कानूनको फन्दामा

काठमाडौँ, फागुन ९ गते । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको छैन ? यदि त्यसो गर्नुभएको छ भने अब तपाइँलाई कडा कारवाही हुन सक्छ । रमाइलोको लागि त हो नि, त्यो मेरै मान्छे […]


अष्ट्रियाका विदेशमन्त्री करिन काठमाडौँमा

काठमाडाँै, फागुन ९ गते । अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल नेपालको तीन दिने औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आई पुग्नुभयो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आउनुभएका उहाँले आफ्ना नेपाली समकक्षी ज्ञवालीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । विदेशमन्त्री करिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अष्ट्रियाका लागि नेपालका राजदूत प्रकाशकुमार सुवेदी र परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले स्वागत गर्नुभएको […]


पोखराको सुन्दरताः थपिँदै जोगाउने चुनौती

चिप्लेढुङ्गा, फागुन ७ गते । ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे« छाया जीवन मेरो सेती बगर विना तिम्रो माया’ (दिनेश सुब्बा, शम्भुजीत बाँस्कोटा, प्रकाश श्रेष्ठ) पत्रकार मोहन मैनालीले एक प्रसङ्गमा भन्नुभएको थियो, “प्रकृतिले भएभरको सुन्दरता पोखरालाई खन्याइदिएको छ ।” केही समयअघि मात्रै पोखरा घुम्न आउनुभएका फिलिपिनो राजकुमारी मारिया अमोरले पनि पोखराको सुन्दरताको खुलेरै प्रशंसा गर्नुभयो । […]


सामाजिक सुरक्षामा उत्साही भएनन् रोजगारदाता र श्रमिक आपूर्तिकर्ता

सीता शर्मा / काठमाडौँ, फागुन ७ गते । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकरणमा रोजगारदाता तथा श्रमिक आपूर्तिकर्ता संस्थाहरूको आबद्धता खासै उत्साहजनक देखिएका छैनन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा गएको मङ्सिर ६ गतेदेखि फागुन ६ गतेसम्म (तीन महिना) समयसीमा तोकेर रोजगारदाता तथा श्रमिक आपूर्तिकर्ता सूचीकरण शुरु गरिएको हो । सरकारले गत मङ्सिर ११ गते औपचारिक […]


परिचयपत्र वितरणको खर्च आफ्नै स्रोतबाट गरिने

काठमाडौँ, फागुन ६ गते । सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि आवश्यकपर्ने रकम आफ्नै स्रोतबाट खर्च गर्ने भएको छ । यसका लागि रु सात अर्व ५२ करोड लाग्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । विस २०७५÷०७६ को बजेट वक्तव्यमा ‘पाँचवर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीति अनुरुप अगामी वर्ष १५ जिल्लामा कार्यक्रम विस्तार […]


विज्ञसँग रचनात्मक सुझाव सङ्कलन

काठमाडौैँ, फागुन ६ गते । विभिन्न क्षेत्रका विज्ञले भूमि उपयोग गर्न पाउने अधिकार जनतामा सुनिश्चित गर्दै आवश्यक पर्दा जमीनलाई राज्यको नियन्त्रणमा राख्नुपर्ने अधिकारसहितको ऐन बनाउन सुझाव दिएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा कृषि विज्ञ कृष्ण पौडेल, पुण्यप्रसाद वली, र राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कृषिलाई संस्कृतिका रुपमा नभई पेशाका […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter