विराटनगर, पुस ६ गते । प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने बताउनु भएको छ । मोरङ व्यापार सङ्घ विराटनगरद्वारा आयोजित व्यापार मेला विराट ट्रेड एक्स्पो–२०१८ को आज उद्घाटन गर्दै उहाँले मोरङको औद्योगिक केरिडोरलाई उद्योग हव बनाउने पनि घोषणा गर्नुभयो । मुख्यमन्त्री राईले निजी क्षेत्रको लगानी बिना विकास र […]
काठमाडौँ, पुस ६ गते । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यका बीचमा शिष्टाचार भेटघाट भएको छ । सङ्घीय संसद् सचिवालय सिंहदरबारमा आज भएको भेटघाटमा उहाँहरुबीच द्विपक्षीय हित तथा संसदीय गतिविधिलगायत विविध विषयमा कुराकानी भएको थियो । अध्यक्ष तिमिल्सिनाको सचिवालयद्वारा जारी विज्ञप्तिका अनुसार भेटघाटमा अध्यक्ष तिमिल्सिनाले नेपालले सङ्घ, प्रदेश र स्थानीय […]
काठमाडौँ, पुस ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको नेपाली शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा जस्तै बनेको बताउनुभएको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा प्रधानमन्त्री ओलीले शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुन क्षेत्रमा कस्तो खाले जनशक्तिको आवश्यकता हो, सोही अनुसार नै विद्यालयले विद्यार्थी भर्ना […]
काठमाडौँ, पुस ५ गते । भारत सरकार र नेपाल सरकारको संयुक्त लगानीमा शुरु गरिएको राष्ट्रिय गौरवको आयोजना पूर्व–पश्चिम हुलाकी राजमार्ग करीब आठ वर्षमा १४० किमी मात्र कालोपत्र भएको छ । आव २०६६÷६७ देखि आयोजना शुरु भएपनि अहिलेसम्म जम्मा १४० किमी कालोपत्र गरिएको राजमार्ग आयोजनाका आयोजना निर्देशक अशोक तिवारीले जानकारी गराउनुभयो । उहाँले आयोजनाको शुरुमा ठेक्कापट्टा, […]
तेह्रथुम, पुस ५ गते । तेह्रथुममा जन्मिएर बेलायतमा कार्यरत तेह्रथुमेहरुको संस्था, तेह्रथुम समाज युकेको सहयोगमा रु ११ लाख १८ हजार ६६७ को लागतमा म्याङलुङ बहुमुखी क्याम्पसको एक भवन भवन निर्माण गरिएको छ । नवनिर्मित उक्त भवन बुधबार प्रदेशसभा सदस्य तेजमान कन्दङ्वाले उद्घाटन गर्नुभयो । कार्यक्रममा उक्त क्याम्पसका लागि उल्लेखनीय योगदान पु¥याउनु हुने दाता संस्थाका पूर्व […]
बाँके, पुस ४ गते । पश्चिम राप्ती नदीको पानीबाट सिँचाइ पु¥याई कृषि उत्पादनसँगै आर्थिक विकासलाई गति दिने उद्देश्यले सिक्टा सिँचाइ आयोजनाको निर्माण शुरु गर्दा समृद्धिका सपना देखेका बाँकेबासी अहिले निराश भएका छन् । बाँकेको समृद्धिका रुपमा लिइएको आयोजना सञ्चालनमा नआउँदै भत्किएपछि उनीहरुमा नैराश्यता छाएको हो । त्रिचालीस वर्षअघि निर्माणको चर्चा चलेको सिक्टाको निर्माण कार्य शुरु […]
काठमाडौँ, पुस ४ गते । सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारा, निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । समितिले सो विमानस्थलबारे गरेको विस्तृत अध्ययन, अवलोकन तथा सरोकारवाला पक्षसँगको छलफलपश्चात् विमानस्थल निर्माणको क्रममा आउनसक्ने समस्या सम्बन्धमा सचेत गराउँदै कुनै पनि बाहनामा विमानस्थल निर्माण कार्यलाई गत्यावरोध हुन […]
काठमाडौँ, पुस ४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले निजी क्षेत्रमा कार्यरत तीन शैक्षिक संस्थाका नेतृत्वसित वर्तमान शिक्षासित सम्बन्धिी समसामयिक विषयमा छलफल गर्नुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा आज भएको छलफलमा माध्यमिक विद्यालय सङ्घ (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन(एन प्याब्सन)का उच्च नेतृत्व सहभागी हुनुहुन्थ्यो । सो अवसरमा […]
पोखरा, पुस ३ गते । दश वर्ष लामो सशस्त्र द्वन्द्वमा मुलुक पिल्सिएका बेला शान्तिको धिपधिपे दियो बाल्न सफल सिक्लेसमा शान्ति सम्झौता प्रतिबिम्बित हुने गरी शान्ति स्तम्भ निर्माण गरिएको छ । टलक्क टल्कने चाँदीको हिमाल जस्तै देखिने एउटै ढुङ्गामा कँुदिएको स्तम्भमा द्वन्द्वताकाको अवस्था झल्काइनाका साथै त्यसयता विकसित राजनीतिक घटना क्रमलाई समेटिएको छ । हिमाल, पहाड र […]
चितवन, पुस ३ गते । यही पुस ११ देखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा पन्ध्रौँ चितवन हात्ती महोत्सव, २०७५ हुनेभएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिनु, वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्नु र समाजमा जनचेतना अभिवृद्धि गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको क्षेत्रीय होटल […]