समाचार

चार न्यायाधीश सम्मानित

काठमाडौँ, पुस ३ गते । न्याय परिषद्को २८औँ दिवसका अवसरमा चार उत्कृष्ट न्यायाधीशलाई आज सम्मान गरिएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले दोसल्ला ओढाइ उत्कृष्ट छनोट हुनुभएका न्यायाधीशलाई सम्मान गर्नुभयो । सम्मानित न्यायाधीशमा विशेष अदालतका न्यायाधीश द्वारिकामान जोशी, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ, जिल्ला न्यायाधीश महोत्तरीका न्यायाधीश ब्रजेश प्याकुरेल र डडेलधुराका न्यायाधीश चन्द्रमणि ज्ञवाली रहनुभएको छ […]


पाँच महिनामा ५२ आयोजनासँग विद्युत् खरीद सम्झौता

काठमाडौँ, पुस २ गते । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार विद्युत् खरीद सम्झौता भएका ती आयोजनाको क्षमता एक हजार ५१ मेगावाट रहेका छन् । प्राधिकरणले सम्झौता गरेको ती आयोजना निजी क्षेत्रले लगानी गर्न लागेका आयोजना हुन् । […]


सुरक्षित गर्भपतनमा आकर्षण बढ्दै, चुनौती कायमै

काठमाडौँ, पुस २ गते ।: नेपालमा सुरक्षित गर्भपतनका लागि गर्भवती महिलाहरू आकर्षित हुन थालेका छन् । नेपाल सरकारले ग्रामीण भेगसम्म सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतनको सेवा प्रदान गर्न थालेपछि महिलामा यस्तो आकर्षण बढेको हो । स्वास्थ्य संस्थाहरूबाट हालसम्म १० लाखभन्दा बढी महिलाले सुरक्षित गर्भपतनको सेवा लिइसकेको ग्रामीण महिला सन्जाल नेपालले आज यहाँ आयोजित पत्रकार […]


दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन् (आलेख)

पाल्पा, पुस २ गते । पाल्पा जिल्लामै ठूलो सरकारी अस्पतालका रुपमा स्तरोन्नति हुँदै गरेको रामपुर अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । पचास शय्याको अस्पतालको रुपमा विकसित हुँदै गरेको यस अस्पतालमा दरबन्दीअनुसार डाक्टर त छैनन् नै, भौगोलिक विकटतासँगै पर्याप्त सुविधा नहँुदा विशेषज्ञ डाक्टर यहाँ बसेर जनतालाई सेवा दिन चाहेको देखिँदैन […]


स्वदेशमै व्यवसायमा रम्दै युवा

विदुर, पुस १ गते । चरम गरीबीले पिल्सिएका विदुर नगरपालिका–५ का २७ वर्र्र्षीय बालकृष्ण पनेरुले जीवनमा धेरै हण्डरहरु बेहोर्नुप¥यो । सानो छँदा नै घरको मियोका रुपमा रहनुभएका बाबुको मृत्युपछि गाउँमा मेला, मजदूरी गर्दै माध्यमिक तहसम्मको शिक्षा पूरा गर्नुभएका पनेरुले एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्न धेरै कष्ट उठाउनुप¥यो । घरको जेठो छोरो भएपछि घर परिवारको सम्पूर्ण […]


श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता–मन्त्री थापा

काठमाडौँ, पुस १ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिता रहेको बताउनुभएको छ । स्वतन्त्रता अभियान नेपालले आज आयोजना गरेको अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकविरुद्ध हुने हिंसा विषयक राष्ट्रिय विचार गोष्ठीमा मन्त्री थापाले यस क्षेत्रमा हुने समस्या समाधान गर्न सरकाले धेरै […]


व्यावसायिक मौरीपालनतर्फ आकर्षण

अमरगढी, पुस १ गते । परम्परागतरुपमा मौरी पालन गर्दै आएका डडेल्धुरा जिल्लाका किसानहरु विस्तारै व्यावसायिक मौरीपालनतर्फ आकर्षित भएका छन् । यहाँका करीब दुई हजार घरधुरीले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् । मौरीपालनबाट आम्दानी बढ्न थालेपछि निजी लगानी बढ्दै गएको छ । आलिताल घरेलुका कर्णबहादुर बोहराले व्यक्तिगत लगानीमा ३२ घार मौरीमा व्यावसायिक मौरीपालन गर्न थाल्नुभएको […]


वैशाखदेखि सबै बसहरू यातायात प्राधिकरण मातहात : मन्त्री महासेठ

काठमाडौँ, मङ्सिर २९ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी वैशाख १ गतेदेखि प्राधिकरणकै मातहातमा बसहरू सञ्चालन हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले आफूहरूले बढीभन्दा बढी विद्युतीय बसहरू सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौँ । प्राधिकरण गठनसँगै […]


सातै प्रदेशका सभामुखको भेला चितवनको सौराहामा

भरतपुर, मङ्सिर २९ गते । सातै प्रदेशका सभामुख, उपसभामुख र सचिवहरु आज चितवनको सौराहामा भेला हुनु भएको छ । प्रदेश नं ३ प्रदेशसभाको आयोजनामा अन्तर प्रदेशस्तरीय अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो । सो भेलाको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुभयो । कार्यक्रममा सभामुख महराले सङ्घीयता असफल भए मुलुक असफल हुने धारणा राख्नुभयो । उहाँले […]


एक करोड २० लाखमा मन्दिर पुनःनिर्माण; मन्दिर वरपर घर निर्माणमा रोक

दमौली, मङ्सिर २९ गते । लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । विसं २०७२ को भूकम्पले क्षति पुगेको मन्दिरको पुरातत्व विभागको आर्थिक सहयोगमा पुनःनिर्माण भइरहेको छ । इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरेले पुस मसान्तसम्म मन्दिरको पुनःनिर्माण सकिने जानकारी दिनुभयो । उहाँका अनुसार पुरातत्व विभागको रु […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter