समाचार

एप्समार्फत जनगुनासो सम्बोधन

बलेवा, कात्तिक ६ गते । बागलुङको जैमिनी नगरपालिकाले मोबाइल एप्समार्फतसर्वसाधारणका गुनासो सम्बोधन गर्ने कार्य थालनी गरेको छ । नगरपालिकाले मोबाइल एप्समार्फत सर्वसाधारणले नगरका कामको विषयमा राखेका जिज्ञासा र काम कारवाहीका विषयमा उठेका प्रश्नको जवाफ मोबाइल एप्समार्फत नै दिने कार्यको थालनी गरेको हो । नगरपालिकाका नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कार्यको विषयमा […]


बिजुली बस चढेर प्रधानमन्त्री सिंहदरबार

ललितपुर,  कात्तिक ६ गते । साझा यातायात प्रा. लि. ले राजधानीमा विद्युतीय बस सेवा शुरु गरेको छ । ललितपुरको पुलचोकस्थित साझाको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सो बस सेवा सञ्चालनको उद्घाटन गरेका हुन् । चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको ५ वटा विद्युतीय बस ल्याउने केही समयअघि नै घोषणा गरेको थियो । ती […]


क्रिकेटर लामिछाने अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने

काठमाडौँ, कात्तिक ६ गते । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन् । सन्दीपले अष्ट्रेलियाको मेलबर्न […]


नगरपालिकालाई चार रोपनी जग्गादान

वालिङ, कात्तिक ४ गते । स्याङ्जाको भिरकोट नगरपालिकाका स्थानीयवासीले भिरकोट नगरपालिकालाई चार रोपनी जग्गा निःशुल्क दिएका छन् । भिरकोट नगरपालिकाको भवन निर्माणमा भिरकोट नपा–१ दार्सिङ भर्लाकुनामा रहेको जग्गा स्थानीय समाजसेवी भीमलाल कर्माचार्य, गोविन्दकुमार कर्माचार्य, फत्तबहादुर केसी, इन्द्रबहादुर केसी र रुद्रबहादुर केसीले संयुक्तरुपमा दिनुभएको हो । भिरकोट नगरपालिका–१ का वडाध्यक्ष एवम् नगर प्रवक्ता दीपेन्द्र केसीका अनुसार […]


दशैंको बेला मोरङका पर्यटकीय क्षेत्रमा चहलपहल

सुमन घिमिरे / उर्लाबारी । दशैँको टीका ग्रहण गरेसँगै मोरङको पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउनेहरुको चहलपहल बढेको छ । जिल्लास्थित बेतनी सिमसार, बेतना सिमासर, हसिना सिमसार, जेफाले डाँडा, नेसेलुङ डाँडा लगायत पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको हो । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको बेलबारीको बेतना सिमसार क्षेत्रको रमणीयताले अधिकांश मानिसलाई लोभ्याउने गरेको छ । […]


प्रहरी उपरीक्षक विष्टलाई निष्काशनको सिफारिस

काठमाडौँ , कात्तिक ४ गते । निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले […]


एउटै वडाबाट रु १० लाखको बन्दा निर्यात

बैतडी, कात्तिक ३ गते । तरकारीका लागि पकेट क्षेत्रका रुपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका–१ बाट रु १० लाख बढीको बन्दा निकासी भएको छ । दुई महिनाको अवधिमा वडा नं १ बाट रु १० लाख बढीको बन्दा तराइतिर निकासी भएको किसान कृष्णदत्त भट्टले जानकारी दिनुभयो । तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेकोले कृषक तरकारी खेती तर्फ आकर्षित […]


नदी सफाइबाट तीन टन फोहर संकलन

काठमाडौँ, कात्तिक ३ गते । नेपालीहरुको महान पर्व विजया दशमीसँगै मनोहरा नदी तथा हनुमन्ते नदी सफाइ अभियानलाई निरन्तरता दिँदै आज तीन टन फोहर संकलन गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरको संगम स्थलमा आज भएको मनोहरा सफाइ सम्पदा बचाउन महाअभियानको ८४औं हप्ता तथा हनुमन्ते नदी सफाइ अभियानको ३४औं हप्ताको संयुक्त कार्यक्रम सम्पन्न भएको हो । […]


विजयादशमीको टिका लगाउन सुरु; राष्ट्रपतिले लगाइदिइन विशिष्ट ब्यक्तिलाई टीका; पूर्वराजाद्वारा सर्बसाधारणलाई दसैंको टिका

काठमाडौँ, कार्तिक ०२ गते । बिहान ९:५१ बजेको शुभ साइतदेखि विजयादशमीकाे टिका लगाउन सुरु गरिएकाे छ । आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दसैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र […]


वडादशैँको मौलिकता हराउँदै, देखावटी र देखासिकी बढ्दो

सिद्धराज भट्ट / धनगढी । नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हुँदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ । पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्वपूर्ण पर्व बडादशैँमा अर्काको देखासिकीमा लाग्ने, आवश्यकताभन्दा बाहिरको फजुल खर्च गर्ने र तडकभडक गर्नेजस्ता प्रवृत्ति बढ्दै जाँदा यसको मौलिकपन हराउँदै […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter