चितवन, पुस ५ गते । दुर्लभ वन्यजन्तु चोरी–शिकार नियन्त्रण अभियानमा महत्वपूर्ण मानिएको ‘अप्रेसन महाहन्ट’ चितवन राष्ट्रिय निकुञ्जमा आउँदो साताबाट शुरु गरिने भएको छ । महाहन्टका लागि विशेष फौज वाहिनीबाट यहाँ खटिनका लागि एक गुल्म फौज आज साँझ यहाँ आइपुग्दैछ । निुकञ्ज सुरक्षार्थ खटिएको श्री बटुक दल गणका गणपति समुन्द्र थापाले विशेष फौज र निकुञ्जमा रहेका […]
काठमाडौँ, पुस ५ गते । सरकारले प्रदेश सरकार सञ्चालनका लागि कर्मचारीको विवरण तयार पारेको छ । सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशमा रहने अहिले प्रस्ताव गरिएका सात मन्त्रालयका लागि करिब दुई हजार कर्मचारी आवश्यक पर्ने भन्दै विवरण तयार पारेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिनुभयो । “सातवटै मन्त्रालयका दरले ४९ मन्त्रालयमा चाहिने कर्मचारीको विवरण […]
कञ्चनपुर, पुस ४ गते । वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरु गरिएको छ । वेदकोटका वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शुरु गरेको त्यस्ता गोठ भत्काउने अभियान अन्तर्गत वेदकोट वडा नं १ र २ मा चार दर्जन बढी गोठ भत्काइएका छन् । वेदकोटलाई छाउपडी गोठ मुक्त नगरपालिका बनाउन अभियान […]
काठमाडौँ, पुस ४ गते । मेलम्चीको पानी वितरण गर्ने पाइपलाइनको काम झण्डै ९१ प्रतिशत सम्पन्न भएको छ । पाइपलाइनको वितरण सञ्जाल हालसम्म ६३३ कि.मी सम्पन्न भएको छ भने थोक वितरण प्रणालीतर्फ ६६ कि.मी सम्पन्न भएको छ । अब वितरण सञ्जालतर्फ ४४ कि.मी र थोक वितरण प्रणालीतर्फ ५६ कि.मी बाँकी रहेको मेलम्ची खोनेपानी विकास समिति उपआयोजना–२ […]
गौशाला, पुस ४ गते । वर्षौंदेखि जग्गा भए पनि लालपूर्जाविहीन एक एक नगरपालिका र गाउँपालिकाका दुई हजार जनालाई महोत्तरी जिल्ला नापी कार्यालय र जिल्ला भूमि अधिकार मञ्चले लालपूर्जा वितरण गरेका छन् । बलवा नगरपालिका र महोत्तरी गाउँपालिकाका दुई हजार ४६१ लालपूर्जाविहीनलाई लालपूर्जा वितरण गरिएको जिल्ला नापी कार्यालयका प्रमुख कमलेशचन्द्रलाल कर्णले बताउनुभयो । बलवाका ७३१ र […]
काठमाडौँ, पुस ३ गते । प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटो र सहजरुपमा न्यायको पहुँच पु¥याउने योजनाका साथ काम गरिरहेको बताउनुभएको छ । न्याय परिषद्को २७औँ स्थापना दिवसको उद्घाटन गर्दै उहाँले न्यायको उपभोक्तालाई सहजरुपमा छिटो न्याय दिलाउनका लागि योजनाबद्धरुपमा काम गरिरहेको बताउनुभयो । प्रधानन्यायाधीश पराजुलीले स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि न्यायपालिका एक्लैले सम्भव नभएको भन्दै उहाँले नेपाल बार […]
महोत्तरी, पुस ३ गते । गौशाला नगरपालिका–३ स्थित नवराजपुरमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीले नियमितरुपमा पठनपाठनको माग गर्दै विद्यालयमा तालाबन्दी गरेका छन् । शिक्षक नियमित उपस्थित नभएको र कक्षामा गुणस्तरीय पठनपाठन नभएको भन्दै सो विद्यालयका विद्यार्थीले दिउँसो १ बजेसम्म कार्यालयमा तालाबन्दी गरेका हुन् । पछिल्लो समय प्रधानाध्यापक वंशिधर साह नियमितरुपमा विद्यालयका आउन छाडेकाले विद्यालयको […]
काठमाडौँ,पुस ३ गते । दिगो विकासले अवलम्बन गरेको अपाङ्गताको अधिकारसम्बन्धी लक्ष्यलाई पूरा गर्न सरकार र निजी क्षेत्रको सहयोग आवश्यक रहेको सरोकारवालाले बताएका छन् । छब्बीसाँै अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासंघ, युएनडिपीलगायतका संस्थाले आज आयोजना गरेको ‘अपाङ्गता र दिगो विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन’का वक्ताले अपाङ््ग व्यक्तिलाई देशको मूल प्रवाहमा […]
चितवन, पुस २ गते । ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लाको ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा प्रभावकारी बनेको हो । जिल्लास्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास कार्यालयकोे तथ्याङ्कअनुसार जिल्लाभर अहिले ९०२ घर परिवारका ७८ हजार ५३६ जनाले स्वास्थ्य बीमा गरेका छन् । […]
काठमाडौँ, पुस २ गते । त्रिभुवन विश्वविद्यालयले यही पुस १६ गते हुने ४३औँ दीक्षान्त समारोहमा करिब आठ हजार विद्यार्थी सहभागी हुँदैछन् । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिनुभयो । समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अंक ल्याउने जनप्रशासन क्याम्पस बल्खुका डम्बर सुवेदी र स्नातकोत्तरतर्फ सर्वोकृष्ट अंक ल्याउने गणित केन्द्रीय […]