हेमनाथ खतिवडा / रसुवा, भदौ १६ गते । रसुवागढी भन्सारमा केरुङबाट आएका मालबाहक कन्टेनर एक महिनादेखि अलपत्र परेका छन् । भर्खरै घोषित अन्तर्राष्ट्रिय नाकामा कारोबार मूल्य तोक्ने विषयमा कर्मचारी र व्यापारीबीच समझदारी हुन नसकेपछि झण्डै हजार गाडी अलपत्र परेका हुन् । सरकारले चालु आवका लागि गतवर्षको तुलनामा राजस्व लक्ष्य वृद्धि गरेपछि भन्सार दरमा पनि वृद्धि […]
भक्तपुर, भदौ १५ गते । “नवदुर्गाको मुकुण्डो मैले नबनाए जिम्मेवारी बोक्ने को ? यो पेशालाई निरन्तरता दिने कसले ? बनाएर न जस छ, न त प्रोत्साहन नै छ । बाहिर काम गर्न गए दैनिक रु दुई हजार ज्याला पाइन्छ । नवदुर्गा देवगणको मुकुण्डो बनाएर न परिवार धान्न सकेको छु न त गुजारा नै ।” उल्लिखित […]
काठमाडौँ, भदौ १५ गते । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन तोकिएको समयमा सम्पन्न गर्न सम्पूर्ण तयारी त्यसतर्फ केन्द्रित गरेको जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालले आज आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले निर्वाचनसँग सम्बन्धित अत्यन्तै महत्वपूर्ण रहेको निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भइसकेकाले अब आयोग प्रदेशसभा र प्रतिनिधिसभा ऐनको प्रतीक्षामा रहेको […]
कञ्चनपुर, भदौ १५ गते । दशकअघि मुक्तिको घोषणासँगै सरकारले पुनःस्थापना गर्दा उपलब्ध गराएको पाँच कट्ठा जग्गा सम्पत्तिका रुपमा पाएका शुक्लाफाँटा नगरपालिका–९ का महादेव चौधरीसँग परिवार पाल्नका लागि मजदुरीमात्रै एउटै विकल्प थियो । त्यहीमध्येको तीन कट्ठा जग्गामा उहाँले तरकारीखेतीको शुरुवात गर्नुभयो । तरकारीखेतीबाट चौधरीले तीन महिनामा रु २० हजार आम्दानी गर्नुभयो । मजदुरी गरेर चौधरीले दैनिक […]
काठमाडौँ, भदौ १४ गते। ओखलढुङ्गा ज्यामिरेकी केशवकुमारी वाग्लेको १७ वर्षअगाडि बेपत्ता भएको छोरा गोपीकृष्ण वाग्ले अझै अत्तोपत्तो छैन । चितवनस्थित रत्ननगरमा रहेको हरिहर मन्दिरमा संस्कृति विषय पढ्न गएको कक्षा १० मा पढ्दै गर्दा २०५६ साल भदौ २६ गते बेपत्ता भएको छोरा अझै नभेटिएपछि आज अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आयोजना गरेको […]
काठमाडौँ, भदौ १४ गते । काठमाडाँै उपत्यकाभित्र दश स्थानमा सार्वजनिक खुला स्थान र एक निर्वाचन क्षेत्र एक खुला स्थान भन्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सरोकारवालाहरुले माग गरेका छन् । चालु आवको नीति तथा कार्यक्रममा सरकारले सो कार्यक्रम घोषणा गरेको थियो । तर कार्यक्रम कार्यान्वयनमा नआएको भन्दै सरोकारवाला निकायले विशेषगरी उपत्यकाभित्र रहेका सार्वजनिक स्थललाई नगरपालिकाले फोहर संकलन […]
काठमाडौँ, भदौ १४ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीलाई तोडफोड, अवरोध र हिंसाको राजनीति त्याग्न आग्रह गर्नुभएको छ । थाइल्याण्डको बैककबाट उपचार गराई स्वदेश फर्कने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गदै उहाँले भन्नुभयो– “राजनीति पार्टीको रुपमा रहेका राजपाले राजनीतिक अभ्यास गर्नुपर्दछ ।” “अवरोध, तोडफोड र हिंसाको राजनीति त्याग्नुहोस्, […]
काठमाडौँ, भदौ १३ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियान निरन्तररुपमा अगाडि बढिरहेको र त्यसमा आफू कुनै पनि हालतमा विचलित नहुने स्पष्ट पार्नुभएको छ । उहाँले ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही, ऊर्जा सचिव अनुपकुमार उपाध्यायलगायतको नेतृत्वमा आफू र आफ्ना कर्मचारीले अहोरात्र काम गरिरहेकाले बजारमा आएका अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो […]
काठमाडौँ, भदौ १३ गते । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको बूढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय र भौतिक प्रगति ९० प्रतिशतमाथि रहे पनि चिनियाँ कम्पनीसँग गरिएको समझदारीका कारण अन्योलता बढेर गएको छ । चिनियाँ कम्पनी गेजुवासँग गरिएको समझदारीका कारण आयोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा ऊर्जा मन्त्रालयले हालसम्म ठोस निर्णय गर्न नसक्दा अन्योलता बढेको हो । […]
काठमाडौँ, भदौ १३ गते । स्वास्थ्य मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रममा रहेको स्वास्थ्य बीमा कार्यक्रम आगामी असोज महिनादेखि थप सात जिल्लामा लागू हुने भएको छ । चालू आवको नीति तथा कार्यक्रममा सो कार्यक्रम क्रमशः सबै जिल्लामा सञ्चालनमा ल्याउने उल्लेख छ । झापा, सुनसरी, सोलुखुम्बु, सिन्धुली, रोल्पा, बर्दिया र सुर्खेत जिल्ला समेटिएपछि योसँगै सो कार्यक्रम लागू हुने […]