सरोज आचार्य / काठमाडौँ, वैशाख ८ गते । पशुपतिस्थित वृद्धाश्रम गोठाटारमा स्थानान्तरण गरिँदैछ । संस्कृति मन्त्रालयले वृद्धाश्रम भवनको नक्सा तयार गरेको छ । पशुपति क्षेत्र विकास कोषले उपलव्ध गराएको गोठाटारको दश रोपनी जग्गामा वृद्धाश्रम भवन बन्नेछ । हाल पशुपति स्थित पञ्चदेवलमा रहेको वृद्धाश्रममा १९० ज्येष्ठ नागरिक आश्रित छन् । गोठाटारमा पाँचसय वृद्धवृद्धालाई राख्न सकिने क्षमताका […]
चितवन, वैशाख ७ गते । चितवन राष्ट्रिय निकुञ्जबाट सन् २०१७ मा दुई जोडी गैँडा चीन पठाइने भएको छ । सो कार्यका लागि दुवै देशका कर्मचारी तहमा हालै मात्र हस्ताक्षर भइसकेको छ । राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार गँंैडा पठाउनु अघि मन्त्री तहमा पनि सम्झौता गरिने छ । अन्य निकुञ्जमा गैँडाको सङ्ख्या कम भएकाले […]
काठमाडौँ, वैशाख ७ गते । पछिल्लो समय विभिन्न स्वास्थ्य शिविरमार्फत मानवअङ्ग झिक्नका लागि आधार तयार गर्ने गरेको पाइएको छ । आज राजधानीमा जनअधिकार संरक्षण मञ्च नेपालले आयोजना गरेको ‘नेपालमा मिर्गौला बेचबिखन’ विषयक अन्तक्र्रियामा हालका वैदेशिक रोजगारीको आवरणमा हुने बेचबिखन तथा मानवअङ्ग झिक्न गरिने बेचबिखनका नयाँ स्वरुपका रुपमा देखा परेको जानकारी दिइयो । प्रहरी उपरीक्षक किरण […]
काठमाडौँ, वैशाख ७ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई योजनाबद्ध रुपमा परिचालन गरिएको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री निधिले २० वर्षपछि हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन केन्द्रीय, क्षेत्रीय तथा स्थानीय योजना बनाएर लागू गरिएको उल्लेख गर्नुभयो । जिल्ला […]
काठमाडौँ, वैशाख ७ गते । नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (टिफा)को तेस्रो बैठक आज यहाँ सुरु भयो । बैठकको प्रारम्भ गर्दै वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपालको उत्पादनलाई अमेरिकाको बजारमा सहजरुपमा पु¥याउने विषयमा बैठकले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले नेपालका उत्पदनलाई सहजरुपमा अमेरिकी बजारमा पु¥याउन र […]
सोलुखुम्बु, वैशाख ६ गते । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालका अनुसार मङ्गलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले आरोहण अनुमति लिएका छन् । सो सङ्ख्या अहिलेसम्मकै बढी भएको उहाँले बताउनुभयो । गत वर्ष कुल ३४ समूहका २८९ जनाले आरोहणको अनुमति […]
काठमाडौँ, वैशाख ६ गते । पुँजीगत खर्च वृद्धि गर्न र विकास निर्माणको काम गुणस्तरीय बनाउने र अनुगमनका लागि राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक जनशक्ति बढाइनुपर्नेमा जोड दिइएको छ । केन्द्रमा हाल ११३ जना कर्मचारी कार्यरत छन् । त्यसमा प्राविधिकको सङ्ख्या कम भएकाले प्राविधिक परीक्षणका काम गर्न अप्ठ्यारो परेकोे केन्द्रको भनाइ छ । रु ४० करोडभन्दा माथिका […]
काठमाडौँ, वैशाख ६ गते । यातायात व्यवस्था विभागले राजस्व दाखिलामा व्यापक अनियमितता गरेको भन्दै पाँचजना कर्मचारीलाई निलम्बन गरेको छ । यातायात व्यवस्था कार्यालय कोसीका कार्यालय प्रमुख नयराज नेपाल, लेखा अधिकृत टीकाराम अधिकारी, लेखापालद्वय सुरेश अधिकारी र रुद्रप्रसाद दाहाल एवम् नायब सुब्बा टीकाप्रसाद बाँस्तोलालाई निलम्बन गरेको विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिनुभयो । भौतिक पूर्वाधार […]
काठमाडौँ, ५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि तथा वन विज्ञान विश्वविद्यालयले गुणात्मक तथा प्रभावकारी शिक्षा प्रदान गरी आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । विश्वविद्यालय सभाको विशेष बैठकको अध्यक्षता गर्दै कुलपति एवम् प्रधानमन्त्री प्रचण्डले मुलुकको आर्थिक विकासका लागि कृषि तथा वन क्षेत्रको महत्वलाई उजागर गर्नुपर्ने जोड दिनुभयो । उहाँले […]
भरत केसी / नयाँदिल्ली, ५ वैशाख । मित्र राष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राष्ट्रपति भवनमा भारतका विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहले अलग अलग भेट गर्नुभएको छ । भेटका अवसरमा राष्ट्रपति भण्डारीले नेपाल भारतबीच सांस्कृतिक, धार्मिक तथा समाजिक सम्बन्ध रहेको बताउँदै आफ्नो भ्रमणले दुइ देशबीचको मित्रताको अझै प्रगाढ भई उचाइमा […]