सौराहामा पुन: पर्यटकको चहलपहल

नेपाल इ खबर, चितवन : वैशाख १२ को भूकम्पका कारण सुस्ताएको सौराहामा संविधान घोषणापछि चहलपहल बढेको छ । देशको तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनस्थित सौराहामा पछिल्लो समय पर्यटकको आगमन बढेको छ । संविधान जारी भएपछि सौराहाका व्यवसायी अझ उत्साही भएका छन् । भूकम्पले सौराहामा भौतिक क्षति नगरेको भएपनि पर्यटकीय हिसाबले ठूलो धक्का लागेको थियो । सौराहामा प्रत्यक्ष अप्रत्यक्ष गरी १० हजारभन्दा बढीले रोजगारी पाएका छन् । जंगल सफारीका लागि प्रसिद्ध सौराहामा निजी क्षेत्रका व्यवसायीले ६० वटा हात्ती पालेका छन् । ५० लाखदेखि झन्डै एक करोड रुपैयाँ खर्चेर व्यवसायीले हात्ती किनेर ल्याउने क्रम पनि बढेको छ । संविधान जारी भएपछि व्यवसायी निकै उत्साही भएकोमा सरकारले पनि व्यवसायीमैत्री नीति ल्याएर पर्यटनलाई छुट्टै व्यवस्था गर्ने भएको छ । सौराहा, इन्साइक्लोमेडिया

सौराहामा रहेका ठूला होटलभन्दा बाहेक ४० रेस्टुरेन्ट, १०० भन्दा बढी जिप, ४० टांगा र ४८ हात्तीमा संलग्न रहेका कामदारको संख्या एक हजार भन्दाबढी छ । स्वदेशी र विदेशी गरी मासिक ५० हजार पर्यटक सौराहा आउँछन् । सौराहामा ६० प्रतिशत स्वदेशी र ४० प्रतिशन विदेशी पर्यटक आउने गर्दछन् । यहाँ करोडौंको लगानीमा ठूला होटल खुलेका छन् । संविधान घोषणा भएसँगै सौराहामा पर्यटकलाई प्रदान गरिने प्याकेज कार्यक्रम अन्तर्गतका जिप सफारी, डुंगा सफारी, हात्ती सफारी, निकु्ञ्जमा पैदल वाक, थारु स्टिक डान्स लगायतका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालनमा आएको छ । सौराहामा आउने पर्यटकले प्याकेज कार्यक्रम अन्तर्गत ६ हजार रुपैयाँ तिर्ने गर्दछन् । सौराहामा साना ठूला गरी एक सय ५० वटा होटल रहेका छन् ।(तस्बिर : इन्साइक्लोपेडिया)

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter