‘एक महिनाभित्र सहमतीय सरकार’

सुरुङ्गा (झापा) ११ असोज । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एक महिनाभित्र राष्ट्रिय सहमतिको सरकार बन्ने बताउनुभएको छ ।

भद्रपुर नगरपालिका–१ स्थित मेची नदीमा निर्माण हुन लागेको झोलुङ्गे पुलको आज शिलान्यास गर्दै उहाँले अब बन्ने नयाँ सरकार बहुमतीय प्रक्रियाबाट नबन्ने निश्चित भएको जिकिर समेत गर्नुभयो । नेता सिटौलाले जारी संविधानमा चित्त नबुझाएका दलले सङ्घीयता, सीमाङ्कन, प्रदेश लगायत विषय बाहेक अन्य सबै विषयमा सहमति जनाएको धारणा राख्नुभयो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपलब्ध गराएकोरु तीन करोडको लागतमा उक्त पुल निर्माण हुन लागेको हो ।

कार्यक्रममा सांसद सुधिरकुमार शिवाकोटी, अमृतलाल राजवंशी, मोहन टुडु, काँग्रेसका झापा सभापति उद्धव थापा, नेकपा (एमाले)का क्षेत्रीय सभापति जीवन श्रेष्ठलगायतले संविधान जारीपछिको अबको बाटो देश विकास निर्माणतर्फ हुनुपर्नेमा जोड दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter