झारलको सिकार गर्न ढोरपाटनमा विदेशी ओइरिँदै
डोलेन्द्र गौतम / बागलुङ, २५ कात्तिक । सिकार खेल्ने एक महत्वपूर्ण मानिने ठाउँ ढोरपाटन सिकार आरक्षमा पाइने झारलका लागि शिकारीले साढे नौ लाख रुपैयाँ तिर्नु पर्दछ । झारललाई कुनै तस्करको गिरोहले किनेर बेच्ने पनि होइन । न त मासु खाने प्रयोजनको लागि खरिद गरेको हो । सिकार खेल्ने सौखिन विदेशी धनाढ्यले वन क्षेत्रमा छाडिएका घोरललाई गोली हान्ने अनुमतिको लागि मोटो रकम तिर्ने गरेका हुन् ।
मुलुककै एक मात्र ढोरपाटन सिकार आरक्षमा सिकार खेले बापत एउटा झारलको मूल्य रु नौ लाख २६ हजार तिरेर विदेशी सिकारी सिकार खेल्न अहिले ढोरपाटन पुगेका छन् ।
सिकार खेल्ने विदेशी सौखिन सिकारीको सङ्ख्या बढ्दै जा“दा ढोरपाटन सिकार आरक्षमा सिकार खेले बापतको रकम एकाएक वृद्धि भएको हो । विगत वर्षको तुलनामा यस्ता सिकारीले एक तिहाई बढी राजस्व तिरेर ‘ढोरपाटन सिकार आरक्ष’मा झारलको सिकार खेल्ने अनुमति लिएका छन् । सिकार खेल्ने अनुमति लिन चाहनेको बढ्दो प्रतिस्पर्धाकाबीच बोलपत्रमा कम्पनीले अधिकतम नौ लाख २६ रुपैयाँमा एक झारलको अनुमति लिएका छन् ।
आर्थिक वर्ष २०७२÷७३ को पहिलो याम असोज–मङ्सिरमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागबाट कम्पनीहरुले अनुमति लिइसकेका छन् । आरक्षका पा“च ब्लकमा १९ वन्यजन्तुको सिकार खेल्ने अनुमति दिइएको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ ।
“विभिन्न कम्पनीले छ झारल र १३ नाउरको सिकार अनुमति लिएका छन्,” ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले भने – “विगतको तुलनामा यो वर्ष तीन लाख रुपैयाँ बढी राजस्व तिरेका छन् । सिकारी पठाउने एजेन्सीबीचमा प्रतिस्पर्धा छ । विद्युतीय बोलपत्रबाट सिकारी पठाउने एजेन्सी छानिन्छन् ।”
विदेशीहरुले लाखौँ रुपैयाँ तिरेर सिकार खेल्न आउने भएकाले ‘हन्टिङ कम्पनी’ले विद्युतीय बोलपत्रमार्फत बढाबढ गर्दा नौ लाख पुगेको हो । उनीहरुले गत वर्ष झारलको सिकार गरे बापत छ लाख २६ हजार रुपैयाँ राजस्व तिरेका थिए ।
नाउरको सिकार गरेबापत भने सिकारीले तीन लाख ३० हजार रुपैयाँ राजस्व बुझाएका छन् । एक सिकारीले नेपाल आएपछि सिकार खेलेर फर्किँदासम्म करिब ३० लाख खर्च गर्ने गरेको छ ।
विदेशीहरु सिकार खेल्न आएपछि दर्जनौँ नेपालीले रोजगारी पाउने गरेका छन् । एउटा सिकारीबाट २०–२२ जनाले रोजगारी पाउने गरेका छन् । सिकार खेल्न वनकैबीचमा बस्नुपर्ने भएकाले खाद्यान्न, पाललगायतका सामान आवश्यक पर्ने र सबै सामग्री लैजान धेरै जनशक्ति प्रयोगमा आउने श्रेष्ठले बताए ।
आरक्षमा प्रत्येक वर्षको असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई सिकार यामका लागि सिकार खुल्ला हुने गरेको छ । प्रायः सबै सिकारी हेलिकप्टर चार्टर गरेर ढोरपाटन पुग्छन् ।
अमेरिका, स्पेन, डेनमार्क, हङ्गेरी, रुसलगायतका मुलुकका विदेशीले नाउर र झारलको सिकार खेल्न आउने गरेका छन् । यो वर्ष नेपाल वाइल्ड लाइफ एडभेन्चर प्रालि हिमालयन सफारी प्रालि ट्र्याक एन्ड टे«ल्स, नेपाल वाइल्ड लाइफ सफारी र ग्लोबल सफारीमार्फत विदेशी सिकारी आउने छन् ।
ती कम्पनीले सिकार खेलाउन अनुमति पाएका छन् । आरक्षका सात ब्लकमध्ये पाँच ब्लकमा मात्र सिकार खेलाइन्छ । सुनदह बल्क ढोरपाटन उपत्यकादेखि धेरै टाढा भएकाले त्यहाँ विदेशी जाँदैनन् ।
सुतिर्वाङ ब्लकमा नाउर नपाइने र झारल पनि न्यून सङ्ख्यामा रहेकाले आरÔले शिकारका लागि विगत चार वर्È यता शिकार खेल्न प्रतिबन्ध लगाउँदै आएको छ । राजस्वसँगै स्थानीय समुदायले संरक्षणका लागि रकम लिने गरेका छन् । गत वर्ष करिब एक करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
ढोरपाटनले करोडौँ राजस्व संकलन गरेपनि जिल्लामा सो बापतको राजस्व आउने गरेको छैन । आरक्षलाई मध्यवर्ती क्षेत्र घोषणा गरेपछि मात्र ५० प्रतिशत रकम आउने बताइन्छ ।
मध्यवर्ती क्षेत्र घोषणामा ढिलाइ भएकाले राजस्व नआएको अधिकृत श्रेष्ठले बताए । मध्यवर्ती क्षेत्र घोषणा गर्ने तयारी गरेको भए पनि स्थानीय जनताबाट विरोध आएका कारण ढिलाइ भएको छ ।
आरक्षमा नाउर, झारल, रतुवा, घोरल, चितुवा, हिमचितुवा, कस्तुरी, बँदेल, थार, पुच्छर नभएको मुसा, छेपारो, विश्वमा नै दुर्लभ मानिएको रेडपाण्डालागयतका वन्यजन्तु पाइएपनि झारल, नाउरको मात्र सिकार खेल्न अनुमति दिने गरिएको छ । रासस