• Monday, April 21, 2025

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै महिला

Vegetable farming Nepal

बाँके , २६ कात्तिक । बाँके जिल्लाको चिसापानीका महिला व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

मेहनत अनुसारको प्रतिफल पाइने भएपछि उनीहरू तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । चिसापानीका २५ जना महिलाले कञ्चन कृषक समूह गठन गरी १७ हेक्टर जग्गामा व्यवसायिक तरकारी खेती गरिरहेका छन् ।

पच्चिस जना महिलाले आफ्नै साढे १२ हेक्टर जग्गा र बाँकी साढे सात हेक्टर जग्गा भाडामा लिएर तरकारी फलाउँदै आएका छन् । गत वर्षदेखि व्यवसायिक तरकारीखेती थालेका उनीहरूको जीवनशैली नै फेरिएको छ ।

स्थानीय पार्वती पुनले तरकारी बिक्रीबाट मासिक रु दश हजारसम्म कारोबार हुने गरेको बताउनुभयो । उनीहरूले बन्दागोभी साढे दुई हेक्टर, काउली एक हेक्टर, प्याज तीन हेक्टर, लौका र काँक्रो दुई÷दुई हेक्टर, करेला साढे एक हेक्टर जग्गामा तरकारी खेती लगाउँदै आएका छन् ।

करिब २० विघा जग्गामा तरकारी खेती थालेका उनी स्थानीय बजार, कोहलपुर र नेपालगन्जमा तरकारी बिक्री गर्छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter