• Monday, April 21, 2025

विदेशी पाहुनालाई टीका

Tourist Bhai Tika

पोखरा, २७ कात्तिक । पश्चिमाञ्चल होटल सङ्घ पोखराद्वारा आज लेकसाइडस्थित वटरफ्लाई फाउन्डेसनको भवनमा पोखरा घुम्न आएका विदेशी पाहुनालाई टीका लगाइदिने काम भयो ।

गएको वैशाख १२ गतेको भूकम्प र भारतले लगाएको नाकाबन्दीपछि पर्यटन व्यवसायमा आएको मन्दीलाई न्यून गर्न सङ्घले आज नवौं संस्करणको भाइटीका महोत्सवको आयोजना गरेको सङ्घका संस्थापक अध्यक्ष गोविन्द पहारीले बताउनुभयो ।

महोत्सवमा चीन, स्वीट्जरल्यान्ड, बेल्जियम, क्यानाडा, अमेरिका, नेदरल्यान्ड, अष्ट्रिया, फ्रान्सलगायतका मुलुकका महिला र पुरुष गरी २५ पर्यटकको सहभागिता थियो ।

रेन्बो चिल्ड्रेन होमका अनाथ बालिकाहरूले ती विदेशी पाहुनालाई टीका लगाई सगुनको रुपमा सेलरोटी र मसला प्रदान गरेका थिए ।

नेपाली परम्पराअनुसार ती बालबालिकाले पाहुनाहरूलाई तीन पटक पानी र तेलको धार लगाएर वरिपरि घुमी सप्तरङ्गी टीका र मखमली पूmलको माला लगाइदिएका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter