आततायी हमला खुला समाज, लोकतन्त्र र सभ्य समाजविरुद्ध छ : प्रम

Oli after nominationकाठमाडौँ, २८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सको राजधानी पेरिसमा शुक्रबार राति विभिन्न स्थानमा भएका आतङ्कवादी हमलाको निन्दा गर्नुभएको छ ।

फ्रान्सका राष्ट्रपति फ्रान्सिस होल्यान्डलाई आज शोक सन्देश पठाउँदै उहाँले शोकका यस घडीमा फ्रान्स सरकार र फ्रान्सेली जनताका पक्षमा नेपाल सरकार र नेपाली जनता रहेको बताउनुभएको छ । आततायी हमला फ्रान्सेली जनतामाथिको आक्रमण मात्र नभई खुला समाज, लोकतन्त्र र सभ्य समाजविरुद्धको आक्रमण भएको सन्देशमा उल्लेख गरिएको छ ।

आतङ्कवादको जुनसुकै स्वरुप र प्रकटीकरणका विरुद्ध नेपाल सरकार दृढतापूर्वक लागिरहेको बताउँदै प्रधानमन्त्री ओलीले त्यस प्रकारको आततायी घटनामा संलग्न जोकोहीलाई कानुनको कठघरामा उभ्याउनुपर्ने स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्रीले नेपाल सरकार, नेपाली जनता र स्वयम् आफ्नातर्फबाट राष्ट्रपति होल्यान्डप्रति समवेदना प्रकट गर्दै घटनामा ज्यान गुमाएकाका परिवारजनप्रति समवेदनाका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

यसैगरी उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले आफ्ना फ्रान्सेली समकक्षी लरेँ फाबुइसलाई सन्देश पठाउँदै आतङ्कवादी आक्रमणको घोर निन्दाका सााथ त्यस्ता क्रियाकलापका विपक्षमा नेपालको स्थापित सिद्धान्त रहेको बताउनुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter