छठलाई लक्षित गरी नदी, पोखरी र तलाउको सरसफाइ
परासी, २९ कात्तिक । छठ पर्वलाई लक्षित गरी नवलपरासीका विभिन्न नदी, पोखरी र तलाउलाई पूर्णरूपमा सरसफाइ गरिएको छ ।
छठका दिन विशेष पूजाअर्चनासहित सूर्यलाई अर्घ दिनका लागि यहाँ रहेका नदी, पोखरी र तलाउ पूर्णरूपमा सरसफाइ गरिएको हो ।
नवलपरासीसहित तराईका विभिन्न जिल्लामा विशेष धुमधामका साथ छठ पर्व मनाउने गरिन्छ ।
पर्वलाई थप व्यवस्थित गर्न स्थानीय छठ व्यवस्थापन समितिको अगुवाइमा जिल्लामा विभिन्न स्थानमा रहेका नदी, पोखरी र तलाउ पूर्णरूपमा सरसफाइ गरी यी स्थानलाई सजावटको कामसमेत अघि बढाइएको छ ।
विशेष गरी जिल्लाको सदरमुकाम परासीको झरही खोला, त्रिवेणी नदीलगायतका जिल्लाका चर्चित खोला, पोखरी र तलाउमा पूर्णरूपमा सरसफाइ गरी सजावटको काम तीव्र रूपमा अघि बढाइएको छ । रासस