ओझेलमा पर्दा महत्व गुमेको गुफा ‘नाकेदुला’

Jumlaजुम्ला, ४ मङ्सिर । पर्यटकीय इतिहास बोकेको खस राज्यको राजधानी कर्णालीको सिंजा उपत्यकामा रहेको नाखेदुला गुफा हालसम्म ओझेलमा परेको छ ।

बाघको आँखा जस्तो अजङ्ग प्रकृतिको देखिने उक्त गुफालाई कसैले आँखेदुला भन्छन् भने कसैले बाघेदुला पनि भन्दै आएका छन् । कनकासुन्दरी गाविस वडा नं २, ३ र ४ वडाको ओखरपाटा गाउँमा अवस्थित यो गुफा प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको स्थानीय शिक्षक जङ्गबहादुर बुढाले बताउनुभयो ।

उहाँका अनुसार गुफाको आकृति झट्ट हेर्दा नाकको प्वालजस्तो भएकाले सो गाउँका बूढापाकाहरुले नाकेदुला भन्दै आएका छन् । पर्यटकीय महत्वबाट गुमनाम भएको उक्त गुफा भएर पोरेपाखा, गोरुसिन, चुचेमारा हुँदै नेपालको सबैभन्दा ठूलो ताल मुगुको रारा तालसँग अवलोकन गर्न सकिने शिक्षक बुढाको भनाइ छ ।

सिंजा उपत्यकाको सेरोफेरोमा रहेका थुप्रै ऐतिहासिक, सांस्कृतिक एवम् प्राकृतिक धरोहरहरु (कनकासुन्दरी माईको मन्दिर, पाण्डवगुफा, विराट मन्दिर, देवस्थल, मुग्राधारा र देवलस्थलहरु) नियालेपश्चात् यो गुफाको सजिलै अवलोकन गर्न सकिने स्थानीयवासी पन्नलाल बुढा बताउनुहुन्छ । यो गुफामा भूतले खान्छ भन्ने डरले अहिलेसम्म भित्र कसैले प्रवेश नगरे पनि आफूहरुले प्रवेश गरेको उहाँले बताउनुभयो ।

बाहिरबाट हेर्दा गुफाको प्वाल सानो देखिए पनि भित्र प्रवेश गर्दा करिब पाँच मिटरसम्म उभिएर हिँडेको स्थानीयवासी युवा विष्णुबहादुर बुढाले बताउनुभयो । “सुरुमा भित्र केही छ कि भनेर ढुङ्गा हान्यौँ, गुफाको प्रवेशद्वारमा आगो बाल्यौँ, तर कुनै चाल नभएपछि हातमा लाइट बाली घस्रेर दूलोभित्र छि¥यौँ, भित्र त हेर्न लायकको फराकिलो भाग रहेछ” – विष्णुले भन्नुभयो ।

गुफाभित्र आकर्षक ढुङ्गाका मूर्तिहरु कुँदिएका छन् । मनले जे सोच्यो त्यही आकृतिका थाल कचौरा, हुक्का चिलिमजस्ता मूर्ति कुँदिएको स्थानीय बताउँछन् । राम्रा राम्रा मूर्तिहरु माओवादी द्वन्द्वकालमा हराएको उनीहरुको आशङ्का छ । सदरमुकाम खलङ्गाबाट पुग्न झन्डै एक दिन लाग्ने यो गुफा युगौँदेखि संरक्षणको पर्खाइमा रहेको छ ।

पछिल्लो चरणमा गुफा व्यवस्थापनका लागि स्थानीयवासीको पहल भइरहेको पनि शिक्षक बुढाले जानकारी दिनुभभयो । पर्यटनको अथाह महत्व बोकेको खस सम्राज्यको मुटुमा रहेको गुफाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरिदिन सो गाविसका स्थानीयवासीले प्रेस जगत् नेपाल सरकार तथा कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, जुम्लालाई पनि आग्रह गरेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter