• Thursday, May 01, 2025

एक्लोपना भूल्न तरकारी खेतीतर्फ

Vegetable farming Nepalबागलुङ, ६ मङ्सिर । एक्लोपनाको पीडा भुल्न भकुण्डे–५ की टिका थापाले व्यावसायिक तरकारी खेती अँगाल्नु भएको छ ।

रोजगारीको सिलसिलामा भारतमा पुगेका श्रीमान्को उतै निधन भएपछि थापाले १० वर्षदेखि एकल जीवन बिताईरहनुभएको छ । “कमाउन गएका श्रीमान्को उतै निधन भएपछि जीवनको साहरा गुम्यो,” ३७ वर्षीया थापाले भन्नुभयो, “गुजारा चलाउने उपाय त निकाल्नै प¥यो, त्यसैले तरकारी खेती अङ्गाले ।”

उहाँ एकल हँुदा काखमा पाँच वर्षका छोरो थियो । उनि गाउँकै चैतारेडाँडा माद्यामिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्छन् । घरको कामधन्दासँगै खुद्रा पसल र दुई वटा बाख्रा पालेकी थापाले व्यावसायिक तरकारी खेती सुरु गरेको दुई वर्ष भयो । एउटा प्लास्टिक टनेलमा गोलभेँडा लगाएकी थापाले बन्दागोभी, काउली, साग, काँक्रा, घिरौला, तिते करेला लगायतका मैसमी तरकारीसमेत फलाउने गरेको उहाँले बताउनुभयो ।

“तकारी खेतीबाट वार्षिक डेढ लाख आम्दानी हुन्छ,” उहाँले भन्नुभयो, “यही आम्दानीका कारण नुनतेल खान साहुको दैलो धाउनु परेको छैन ।” टलेनमा लागाएको गोलभेँडाबाट एक याममा रु ६० हजार आम्दानी हुने गरेको उहाँले बताउनुभयो । वर्षमा दुई याम गोलभेँडा फलाउन सकिने थापाको भनाइ छ । “गोलभेँडाले मेरा आंशु पुछिदिएको छ” उहाँले भन्नुभयो । गोलभेँडासँगै लगाएका अन्य मौसमी तरकारीबाट वार्षिक रु ३० हजार आम्दानी हुने उहाँ बताउनुहुन्छ ।

छवर्ष पहिले जिल्ला कृषि विकाश कार्यालयबाट व्यावसायीक तरकारी खेतीसम्बन्धी तालिम लिएकी थापाले तत्काल खेती सुरु गर्न सक्नु भएन । “छारो सानो थियो, घरको धन्दा पनि गर्नै प¥यो, त्यसैले व्यावसायिक बन्न सकिँन,” उहाँले भन्नुभयो, “अव त छोरो पनि सहयोग गर्ने भएको छ, साहस आयो टनेलमा गोलभेँडा रोप्न सुरु गरे ।” तरकारी तयार भएपछि थापा हरेक बिहान डोकाभरी तरकारी बोकेर सदरमुकाम बागलुङ बजारसम्म पुग्नुहुन्छ । “घर र पसलमा आवस्यक पर्ने सामान बोकेर घर फर्किन्छु” उहाँले भन्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter