लुम्बिनीको शान्तिदीप सगरमाथा आधार शिविर पुर्याइने; लुम्बिनीमा बुद्ध जयन्तीका लागि तयारी हुँदै

Peace Lampलुम्बिनी (रुपन्देही), २ जेठ । विश्व शान्तिको मुहान सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको अखण्ड शान्तिदीप सगरमाथाको आधार शिविर पु¥याइने भएको छ ।

नेपालका ओलम्पियन धावक वैकुण्ठ मानन्धर, खड्ग रानाभाट, कृष्ण बस्नेत, तीन पटकका एभरेष्ट म्याराथन विजेता दीपक राईसहित अन्य खेलाडी शान्तिको ज्योति लिएर लुम्बिनीबाट आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

उहाँहरु लुम्बिनीबाट तिलौराकोट, स्वयम्भु, बौद्धनाथको परिक्रमा गर्दै सोलु पुग्ने कार्यक्रम रहेको छ । उहाँहरु आज ज्योति कपिलवस्तु हँुदै लिएर काठमाडौँ जाँदै हुनुहुन्छ । बुद्धको जन्मस्थल लुम्बिनीको शान्तिदीपबाट सुरु भएको उक्त कार्यक्रम मायादेवी मन्दिरमा परिक्रमा गरी ज्योति लिएर तिलौराकोट प्रस्थान गर्नुभएको थियो । उहाँहरुले सोलु बजारबाट सोलु गुम्बा परिक्रमा गर्दै सगरमाथा आधार शिविरसम्म ज्योति पु¥याउने छन् । तर लुम्बिनी र तिलौराकोटभित्र भने अन्तर्राष्ट्रिय खेलाडी शाहवानु खान, गुलाब खान र पत्रकार समीर खान पनि सहभागी हुनेछन् ।

गत वर्षको भूकम्प र नाकाबन्दीबाट खस्किएको पर्यटन पुनःजीवित गराउन यस्तो कार्यक्रम आयोजना गरिएको आयोजक नेपाल पर्यटन प्रतिष्ठान, बुद्धिष्ट सर्किट डट कम र तेन्जिङ हिलारी एभरेष्ट म्याराथनले जनाएका छन् ।

यसैगरी, लुम्बिनी र कपिलवस्तुमा छोपिएर बसेका बुद्धका जीवनका बौद्धिक धरोहरलाई प्रकाशमा ल्याउने र त्यस्ता स्थलको अन्तर्राष्ट्रिय पर्यटन बजार मञ्चमा प्रवद्र्धन गरी लुम्बिनी कपिलवस्तु तथा समग्र देशलाई हित हुने नौला आयामका पर्यटनको विकास गर्न कार्य गर्ने पनि आयोजक विक्रम पाण्डेले जानकारी दिनुभयो ।

आयोजक पाण्डेले भन्नुभयो– “यो बुद्ध जन्मस्थल लुम्बिनीको शान्तिदीप देशमा आएको विनाशकारी भूकम्प र नाकाबन्दीबाट खस्किएको पर्यटन क्रमिक रुपमा फेरि ब्युँताउने हाम्रा सत्प्रयासमा एक ‘ब्रह्मास्त्र’ को काम गर्नेछ भन्ने हामीले आशा राखेका छौँ ।” उहाँले यो कार्यक्रमलाई आगामी दिनबाट अझै बृहत् र भव्य बनाउँदै लैजाने उल्लेख गर्नुभयो । उहाँले लुम्बिनी र कपिलवस्तुलाई एक रुपमा विकास र प्रचारप्रसारका लागि पनि सबैले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैबिच, बुद्ध जन्मस्थल लुम्बिनीमा मनाउन लागिएको २५६०आँै बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०७३ को तयारी तीव्र गतिमा भइरहेको छ ।

बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषले जानकारी दिएको छ ।

त्यसैगरी, बुद्ध जयन्तीका अवसरमा काठमाडाँैमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको तयारी पनि तीव्र गतिमा अगाडि बढाइएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव प्रेमबहादुर राईले ‘नेपाल ः भगवान् बुद्धको जन्मस्थल एवम् बुद्ध धर्मको उद्गमस्थल’ विषयमा हुने अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीमा २४ वटा लुम्बिनी तथा बुद्ध दर्शनसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने जानकारी दिनुभयो । उहाँका अनुसार २४ वटा कार्यपत्रमध्ये १८ वटा विदेशी तथा छ वटा नेपालीले प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

आज मध्याह्नसम्म थाइल्यान्ड र श्रीलङ्काबाट मन्त्रिस्तरीय प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिने सुनिश्चित भएको तथा अन्य मुलुकबाट पनि उच्चस्तरीय प्रतिनिधिमण्डल आउने सूचना प्राप्त भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव राईले जानकारी दिनुभयो ।

“चाँैतीस मुलुकका संस्कृतिमन्त्री, बौद्ध भिक्षुलगायत बौद्ध धर्मका जानकार विद्वान् विदुषीलगायत ४५० जनालाई निमन्त्रणा गरेका छौँ,” सचिव राईले भन्नुभयो– “कुनैकुनै देशबाट ‘कन्फर्मेसन’ प्राप्त भइरहेको छ । केहीको आउन बाँकी छ ।”

उहाँका अनुसार राजधानीमा दुईदिने सम्मेलन समाप्त भएपछि आगामी शनिबार लुम्बिनीमा आयोजना हुने २५६०औँ बुद्ध जयन्ती समारोहमा पनि विदेशी पाहुना र विशिष्ट व्यक्तिलाई सहभागी गराई लुम्बिनीका बुद्धसँग सम्बन्धित स्थलहरुको भ्रमण गराइने छ ।

काठमाडौँमा हुने गोष्ठीको घोषणापत्र भने लुम्बिनीमा आयोजित २५६०औँ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०७३ मा आगामी ८ गते जारी गरिनेछ जसको नाम ‘काठमाडाँै लुम्बिनी घोषणापत्र’ राखिनेछ ।

अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी तथा २५६० औ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०७३ शाक्यमुनि बुद्धको जन्म, बुद्ध धर्मको सुरुवात र यसको मुहान लुम्बिनी भएको प्रमाणित गर्न सहयोगीसिद्ध हुने विश्वास पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले व्यक्त गर्नुभयो । उहाँले लुम्बिनीमा हुने बुद्ध जयन्तीलाई भव्यरुपमा सफल पारिने र त्यसमा सात हजारभन्दा बढीको सहभागिता गराइने जानकारी दिनुभयो ।

आगामी जेठ ८ गते आयोजना गर्न लागिएको २५६०आँै बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसका लागि लुम्बिनीमा सरसफाइको काम तीव्रगतिमा अगाडि बढाइएको छ । प्रचार अभियानलाई पनि सँगसँगै अघि बढाइएको छ ।

मायादेवी मन्दिरको बाहिरी भाग रङ्रोगन गर्ने काम सकिएको छ भने भित्री भाग रङ्रोगन भइरहेको छ ।

त्यसैगरी, पोखरी र केन्द्रीय नहर सफा गर्ने, कार्यक्रम स्थल सिंगार्ने तथा हेलिप्याड निर्माण गर्ने काम पनि अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिनुभयो ।

मञ्च निर्माण तथा व्यवस्थापनका लागि रु ३० लाखमा पटवा टेन्ट हाउसलाई जिम्मा दिइएको सदस्य सचिव तामाङले जानकारी दिनुभयो ।

लुम्बिनीस्थित लुम्बिनी सङ्ग्रहालय नजिक आयोजना गरिने कार्यक्रममा एक हजार जना लामा गुरु सहभागी हुनेछन् । अहिंसावादी बौद्ध धर्म चक्र सङ्घबाट २५० लामा तथा आनी पूजाआजामा सहभागी हुनेछन् । उहाँहरुबाट विश्व शान्तिको कामनासहित जेठ ८ गते मायादेवी मन्दिरमा पूजाआजा गर्ने र त्यसपछि कार्यक्रममा सहभागी हुने बताइएको छ ।

कार्यक्रममा सहभागी हुन काठमाडाँैबाट १५० जना लामा गुरु आउने कार्यक्रम रहेको छ भने नेवार समुदायको धाःबाजा प्रदर्शन गरिनेछ । ¥यालीमा बुद्ध विरही समूहको नाच र थारुको लठ्ठी नृत्य रहनेछन् ।

त्यसैगरी, लुम्बिनीस्थित मैलावार बजारमा व्यवसायीले दीप प्रज्ज्वलन गर्नेछन् । उनीहरुले तीन दिनसम्म दीप प्रज्ज्वलन गर्ने बताइएको छ ।

बुद्धको अस्थि धातु दर्शन गराइने

बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसमा सहभागी हुने श्रद्धालुजनलाई बुद्धको अस्थि धातु दर्शन गराइने तयारी भइरहेको कोषका सदस्य सचिव तामाङले जानकारी दिनुभयो ।

त्यसैगरी, बुद्ध जयन्तीको अघिल्लो दिन ७ गते राति ८ बजेदेखि ८ गते बिहान ८ बजेसम्म डा अनुजा अनगारिकाको नेतृत्वमा अहोरात्र परित्राण पाठ गरिने छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter