उचित परामर्श नहुँदा महिला बारबार गर्भपतन गराउन बाध्य

फाईल तस्विर

फाईल तस्विर

कल्पना पौडेल (काठमाडौँ), ४ जेठ । उचित परामर्श नहुँदा महिलाले बारबार गर्भपतन गराउने गरेको चिकित्सकले बताएका छन् ।

काठमाडौँ मोडल कलेजका स्त्रीरोग विभागका प्रमुख प्रा डा अरुणा कार्कीले पहिलो पटक गर्भपतन गराउन आएका महिलालाई उचित परामर्श र सल्लाह दिन सकेमा बारम्बार गर्भपतन गराउन आउनुको साटो अनिच्छित गर्भ नै नराख्ने सङ्ख्यामा वृद्धि हुने बताउनुभयो ।

सोमबार यहाँ आयोजित ‘सुरक्षित गर्भपतन सेवा’ सम्बन्धी अन्तक्र्रियामा उहाँले नेपालमा अझै पनि सुरक्षित गर्भपतनसम्बन्धी उचित सल्लाह दिनेभन्दा व्यवसायलाई नै महत्व दिने कारण महिलाले धेरै पटक नचाहेर पनि गर्भपतन गराउनुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो– “हामीकहाँ गर्भपतन गराउन आएका महिलालाई धेरै पटक गर्भपतन गराउँदा हुने असरका बारेमा जानकारी दिनेभन्दा पनि व्यावसायिकताका हिसाबले मात्र हेर्ने चलन रहेकाले महिला अज्ञानताका कारण बारबार गर्भपतन गराउनेहरुको सङ्ख्या बढी रहेको हो ।”

स्वास्थ्य सेवा विभाग, स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका डा झलक शर्मा गौतमले सरकारले केही विशेष अवस्थाबाहेक गर्भपतन गर्न नहुने भए पनि अहिलेको अवस्थामा गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा लिइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– “श्रीमान्ले गर्भ निरोधक उपाय अपनाउन नमान्दा महिला पटकपटक गर्भवती हुने र गर्भपतन गराइरहन बाध्य छन् । नेपालमा बर्सेनि छ लाख महिला गर्भवती हुन्छन् र त्यसमा १० प्रतिशतले गर्भपतन गराउँछन् ।”

विभागको स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक कुञ्जप्रसाद जोशीले सुरक्षित गर्भपतन सेवाले महिलालाई सशक्त हुन सहयोग गरेकाले यो सेवाको आवश्यकता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– “सुरक्षित गर्भपतन सेवाले असुरक्षित कारणले हुने मृत्यु, रुग्णता कम गर्न र अनियोजित तथा अनिच्छित गर्भको निरन्तरताबाट पर्ने प्रभावलाई कम गर्नका लागि पनि सहयोग पु¥याउने भएकाले यसको महत्व छ ।”

नेपालमा गर्भवतीको मञ्जुरीले १२ हप्तासम्मको गर्भ, बलात्कार वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ र गर्भपतन नगराएमा गर्भवतीको ज्यान जाने खतरा भएमा वा निजको शारीरिक, मानसिक, स्वास्थ्यमा असर पर्ने, बच्चा अपाङ्ग जन्मने सम्भावना भएमा जुनसुकै समयमा पनि गर्भपतन गराउन सक्ने कानुनमा व्यवस्था छ ।

नेपालमा कुल मातृमृत्युमध्ये सात प्रतिशत मातृमृत्यु असुरक्षित गर्भपतनका कारणले हुने गरेको छ भने १०० गर्भवती महिलामध्ये सातजनाले गर्भपतन गराउने गरेका छन् । कुल गर्भवतीमध्ये २५ प्रतिशत महिला नचाहँदा नचाहँदै गर्भवती हुने गरेको स्वास्थ्य सेवा विभागको तथ्याङकले देखाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter