• Tuesday, June 10, 2025

तिजी पर्वमा अहिलेसम्मकै उच्च विदेशी पर्यटक सहभागी

tourists-visiting-Nepalमुस्ताङ, २५ जेठ । उपल्लो मुस्ताङको सांस्कृतिक पर्व तिजीमा रमाउन अहिलेसम्मकै उच्च विदेशी पर्यटक पुगेको देखिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले वैशाख २१, २२ र २३ गते सञ्चालन भएको तिजी पर्वको अवसरमा ४४१ विदेशी पर्यटक लोमान्थाङ भित्रिएको जनाएको छ ।

विनाशकारी भूकम्पका कारण गतवर्षको तिजीमा विदेशी पर्यटकको सङ्ख्या शून्य थियो । हरेक वर्ष उपल्लो मुस्ताङका ६ गाविसका सर्वसाधारणले मनाउने तिजी पर्वमा पूजापाठदेखि सांस्कृतिक नृत्य सञ्चालन हुने गर्दछ ।

सोही सांस्कृतिक नृत्यमा रमाउन विदेशी पर्यटक तिजीमा आउने गरेको एक्याप लोमान्थाङका प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो ।

“तीन दिनमा चारसय ४१ विदेशी पर्यटक आउनु भनेको पर्यटकीय दृष्टिकोणले धेरै राम्रो हो, यो अहिलेसम्मकै उच्च सङ्ख्या हो,” उहाँले भन्नुभयो – “यसभन्दा अघिका तिजीमा यसरी विदेशी पर्यटक आएका थिएनन् ।” पर्यटकको चाप बढेसँगै लोमान्थाङ क्षेत्रमा सञ्चालित साना तथा ठूला होटल पनि व्यस्त बनेका थिए ।

अघोषित नाकाबन्दी र विनाशकारी भूकम्पपछि पहिलो पटक पर्यटकको चाप बढेपछि यहाँका व्यवसायी उत्साहित बनेको प्रमुख दाहालले जानकारी दिनुभयो ।

पन्ध्रौँ शताब्दीदेखि उपल्लो मुस्ताङका गुरुङ र विष्ट समुदायले मनाउँदै आएको तिजीमा आपसी स्नेह साटासाट, विश्वशान्ति र दैवीप्रकोप कम होस् भन्ने कामना गरिन्छ । विदेशी पर्यटकलाई स्थानीय पहिरनमा सजाएर नाचगान गराउने भएकाले उनीहरु उत्साहित हुने लोमान्थाङका फुर्वा गुरुङले जानकारी दिनुभयो ।

“यो पर्वमा हामीले विदेशी पर्यटकलाई सम्मान दिनुका साथै हाम्रो नृत्यमा समावेश गराउँछौँ,” उहाँले भन्नुभयो । यो पर्व मनाउन अमेरिका र अष्टेलियाका पर्यटक बढी आउने एक्यापले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter