मेलम्चीको पानी वितरणका लागि ३५० किमी पाइप ओच्छ्याइयो

melamchiकाठमाडौँ, २८ जेठ । मेलम्चीको पानी उपत्यकामा आएपछि ग्राहकलाई वितरणका लागि ३५० किमी पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ ।

पानी वितरणका लागि ६५० किमी पाइप बिच्छ्याउनु पर्नेमा आधाभन्दा बढी काम सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

थोक वितरण प्रणालीका लागि ६१ किमी पाइप बिच्छ्याइनु पर्नेमा हालसम्म २२ किमी काम सम्पन्न गरेको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो ।

“थोक वितरण प्रणालीको सुन्दरीजल–आरुबारी–महाँकालचौरसम्म कालिका कन्स्ट्रक्सन र महाँकालचौर–चुच्चेपाटीदेखि तलको भागमा भारतको जिन्डल कम्पनीले पाइप बिच्छ्याउने काम गरिरहेका छन्, सुन्दरीजल–आरुबारी–महाँकालचौरको ९.५ किमी पाइपमा हप्ता दिनभित्र ट्रकबाट पानी हालेर परीक्षण गरिनेछ”–उहाँले भन्नुभयो ।

चुच्चेपाटीमा ढिला हुँदा सडकमा समस्या

महाङ्कालचौर–चुच्चेपाटी–चाबहिल खण्डमा आइपुगेपछि पाइप ल्याउन ढिला भएकाले एक महिनाभन्दा बढी समय काम रोकिँदा सडक अवरोध भएको स्थानीयवासीको गुनासो छ ।

स्थानीय सन्तोष घिमिरे ५०० मिटर पाइप बिच्छ्याउन महिनौँ लगाइदिँदा घाम लाग्दा सडक धुलाम्ये र पानी पर्दा हिलाम्ये भएर हिँडडुल एवम् सटरमा व्यापार व्यवसायमा पनि समस्या आएको बताउनुहुन्छ ।

आयोजना प्रमुख खत्रीले १.४० मिटर चौडाइको डक्टाइल पाइप चीनबाट ल्याउन ढिला भएकाले समय बढी लागे पनि हाल काम सम्पन्न भएर सडक बनाउन सुरु भएको बताउनुहुन्छ ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजल प्रशोधन केन्द्रमा प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ ।

पानी विसं २०७३ असोजभित्र सुन्दरीजलमा ल्याउने सम्झौता इटालियन सुरुङ निर्माण कम्पनी सीएमसीसँग गरिए पनि गत वर्ष वैशाखको भूकम्प र असोजपछिको नाकाबन्दीले एक वर्ष ढिला हुने भएको छ ।

मेलम्ची खोलाको पानी ल्याइसकेपछि याङ्ग्री र लार्के खोलाबाट पनि दैनिक १७÷१७ करोड लिटरका दरले थप ३४ करोड पानी ल्याउने सरकारको योजना छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter