• Tuesday, April 22, 2025

नेपाल अन्डा, मासुमा आत्मनिर्भर उन्मुख

cheese-eggs-fish-and-red-meatकाठमाडौँ, ३० जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभाग र नेपाल पोल्ट्री महासङ्घको आयोजनामा आज भएको नतिजा सार्वजनिकीकरण कार्यक्रममा तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१÷७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य पूरा हुने क्रममा रहेको बताउनुभयो ।

प्रतिवेदनअनुसार नेपालमा छ करोड आठ लाख २७ हजार कुखुरा व्यावसायिक रुपमा पालिन्छ । त्यसबाट वार्षिक ११ करोड ४० लाख ५८ हजार केजी उत्पादन हुने गरेको छ । कुल उत्पादनको ११ करोड ६ लाख ३० हजार केजी मासु ब्रोइलर कुखुराबाट उत्पादन हुने गर्छ । यसैगरी वार्षिक प्रतिव्यक्ति ४.१ केजी मासु उपभोग हुने गरेको छ ।

यस्तै वार्षिक एक अर्ब २० करोड २१ लाख ६६ हजार अन्डा उत्पादन हुने र प्रतिव्यक्तिको भागमा वर्षमा ४४ अन्डा पर्ने गरेको छ । पोल्ट्री व्यवसायबाट सो आवमा रु ३३ अर्ब ७२ करोड ४० लाख २३ हजारको आम्दानी भएको देखिएको छ ।

उक्त प्रतिवेदनमा २०३१ देखि २०७१ सालसम्मको १०÷१० वर्षभित्र सञ्चालित पोल्ट्री फार्मको सङ्ख्या उल्लेख गरिएको छ । जसमा २०६१ देखि २०७० सम्म सबैभन्दा बढी १९ हजार ८६४ वटा फार्म सञ्चालन गरिएको देखिएको छ ।

व्यावसायिक रुपमा सबैभन्दा बढी कुखुरा, अन्डा उत्पादन गर्ने पाँच जिल्लामध्ये पहिलोमा चितवन परेको छ भने दोस्रो, तेस्रो, चौथो र पाँचौँमा क्रमशः मकवानपुर, नवलपरासी, दाङ र भक्तपुर रहेका छन् । चितवनले कुल उत्पादनको ६८ प्रतिशत उत्पादन गर्ने गरेको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा विजयबहादुर कुँवरले नेपालको अर्थतन्त्रमा पोल्ट्री व्यवसायले ठूलो योगदान पु¥याएको बताउँदै यो व्यवसायलाई नाफामूलक र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।

पशुपक्षी विकास मन्त्रालयका सहसचिव श्यामप्रसाद पौडेलले पोल्ट्रीसम्बन्धी यकिन तथ्याङ्कका अभावमा अहिलेसम्म ठोस योजना तर्जुमा गर्न नसकेको बताउँदै यो तथ्याङ्कले आगामी दिनमा यस क्षेत्रमा सुधार गरी आयातलाई प्रतिस्थापन गर्ने र आन्तरिक मागलाई पूरा गर्नतिर लाग्नुपर्नेमा जोड दिनुभयो ।

पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले पोल्ट्री व्यवसाय अहिलेसम्म जीविकामुखीमात्र भइरहेको थियो भन्दै सहुलियत ऋणको व्यवस्था गरी व्यावसायिक रुपमा समेत व्यवसायीलाई सक्षम बनाउनेतर्फ सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

पोल्ट्री व्यवसायीले सरकारसँग सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने, कुखुरा तथा अन्डा बिक्रीका लागि उचित बजारको व्यवस्था गर्नुपर्ने, कुखुरा व्यवसायसम्बन्धी प्राविधिक तालिमको व्यवस्था गर्नुपर्ने, बिमाका लागि सरकारले सहज तथा उपयुक्त वातावरणको निर्माण गरिदिनुपर्ने, विदेशबाट गैरकानुनी ढङ्गले आयात हुने चल्लाको पूर्णप्रतिबन्ध लगाउनुपर्ने, बर्डफ्लु तथा महामारीमा नष्ट भएका कुखुरा तथा अन्डाको सरकारले पर्याप्त क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter