नयाँ शक्तिको राष्ट्रिय भेला सम्पन्न; एक करोड चार लाख खर्च

Naya Shakti Partyकाठमाडौँ, ३२ जेठ । ‘समाजवादउन्मुख वाम–लोकतान्त्रिक’ विचारधाराको सिद्धान्त पारित गर्दै नयाँ शक्ति नेपालको पार्टी स्थापना राष्ट्रिय भेला आज सकिएको छ ।

भेलाले पार्टीको लक्ष्य आर्थिक समृद्धि र नारा ‘समृद्धि सम्भव छ, हाम्रै पालामा’ तय गरेको छ भने त्यसलाई कार्यान्वयन गर्ने विधि सुशासन र पारदर्शीता हुने निर्णय गरेको छ । भेलामा प्रस्तुत राजनीतिक, आर्थिक र साङ्गठनिक प्रस्तावका साथै समसामयिक आठबुँदे प्रस्ताव पारित भएको छ । तत्कालीन एमाओवादीबाट अलग हुनुभएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रारम्भ गर्नुभएको सो पार्टीको भेलाले उहाँकै संयोजकत्वमा ४९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो । भेलाको यही जेठ ३० गते दशरथ रङ्गशालमा उद्घाटन भएको थियो भने नेपाल प्रज्ञा–प्रतिष्ठानमा बन्द सत्र चलेको थियो ।

संविधान प्राप्त भएकाले अधिकारको लडाईँ समाप्त भएकाले आगामी २५ वर्षमा नेपाललाई समृद्ध बनाउने योजनाका अघि बढ्नुपर्ने नयाँ शक्तिको प्रस्ताव छ । संविधानमा तराई मधेसका पहिचान र सङ्घर्षका मुद्दालाई सम्बोधन गर्न पनि माग गरिएको छ भने द्वन्द्वकालीन घटनालाई सङ्क्रमणकालीन न्यायका आधारमा किनारा लगाउन जोड दिइएको छ ।

आय व्यय सार्वजनिक

भड्किलो प्रचारसहित गरिएको भेलामा आम्दानीको स्रोतबारे विभिन्न टिप्पणी चलेका बेला सो पार्टीले बन्द सत्रको समापनमा आय व्ययको विवरण सार्वजनिक गरेको छ । प्रवक्ता देवकोटाका अनुसार रु एक करोड ६१ लाख खर्च अनुमान गरिएकामा रु एक करोड चार लाख खर्च भएको छ । यसमा नगद रु ५० लाख ८७ हजार खर्च र तिर्न बाँकी ५३ लाख १३ हजार छ । भेलाबाट पार्टीलाई रु ५० लाख ८२ हजार बचत हुने देखिएको छ । कुल एक लाख १४ हजार सदस्य रहेको सो पार्टीले प्रतिसदस्यता रु १०५ अनिवार्य र अन्य स्वेच्छिक सहयोग उठाएको थियो । भेलामा सहभागी एक हजार पाँच सय प्रतिनिधिसँग पनि प्रवेश शुल्क लिइएको थियो । पार्टीले भेलाको प्रचारमा रु ३६ लाख खर्च गरेको जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter