• Wednesday, June 11, 2025

विप्रेषण आयमा ह्रास : आर्थिक वृद्धिमा चिन्ता

world bankकाठमाडौँ, १ असार । विश्व बैंकले भूकम्पपछि अत्यावश्यक वस्तुको आपूर्तिमा भएको अवरोधले थलिएको नेपालको अर्थतन्त्र विप्रेषण आयमा आएको ह्रासले आर्थिक वृद्धिमा नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरेको छ ।

विश्व बैंक समूहले आज यहाँ ‘नेपालको विकास अद्यावधिक’ प्रतिवेदन सार्वजनिक गर्दै कुल गार्हस्थ्य उत्पादनमा झन्डै ३० प्रतिशतले योगदान हुँदै आएको विप्रेषण आय घट्दा अर्थतन्त्रमा प्रभाव पर्ने जनाएको हो ।

यहाँस्थित उक्त बैंकका देशीय प्रबन्धक ताकुया कामाताले भन्नुभयो– “भूकम्प र नाकाबन्दीका जोडदार झड्काले नेपालको अर्थतन्त्रलाई ठूलो असर ग¥यो, भैँचालोपछि विदेशिने कामदारको सङ्ख्यामा पनि क्रमशः ह्रास हुँदै गएको छ ।” आन्तरिक एवम् बाह्य कारण विदेशिने नेपाली श्रमिकको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले कमी आएको तथ्य प्रस्तुत गर्दै उहाँले नेपालको विप्रेषण आय जोखिममा रहेको बताउनुभयो ।

भूकम्पपछिको पुनःनिर्माणमा लाग्न श्रमिक स्वदेशमै बसेका र रोजगारी दिने मुलुकको नीतिगत व्यवस्था एवम् अन्य कारणले नेपालीको विदेशिने क्रम घटेको कामाताको भनाइ छ । विप्रेषण आयका जोखिम उपयुक्त मौद्रिक एवम् वित्तीय नीतिमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उहाँले वित्तीय क्षेत्रको सवल अनुगमन पनि उत्तिकै अपरिहार्य हुने बताउनुभयो ।

बैंकले नेपालको आगामी वर्षको आर्थिक वृद्धि ४.७ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ भने पुँजीगत खर्च वृद्धिमा विशेष जोड दिएको छ । साथै प्रतिवेदनले आर्थिक गतिविधिको विविधीकरण गर्नुपर्ने सुझाव दिएको छ ।

कृषि, उद्योग र सेवा क्षेत्रमा सकारात्मक प्रगति हुने अपेक्षा गर्दै प्रतिवेदनमा राजनीतिक स्थायित्वसँगै पुनःनिर्माणका कामले गतिलिएमा आर्थिक वृद्धिमा बढोत्तरी हुने प्रक्षेपण गरेको छ । मूल्यवृद्धि नौ प्रतिशत पुग्ने प्रक्षेपण पनि प्रतिवेदनले गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter