• Tuesday, April 22, 2025

काबुल आक्रमणमा परी १४ नेपालीको निधन; परराष्ट्रमन्त्री थापाद्वारा घटनाको निन्दा

kamal thapaकाठमाडौँ, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूहले गराएको विस्फोटनमा परी १४ नेपालीको निधन भएको छ ।

काबुलमा आज बिहान ५:४० बजे मिनीबसमाथि बम आक्रमण भएको थियो । मृत्यु भएका सबै नागरिक नेपाली रहेको अफगान गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेबसाइटमा उक्त घटनामा नौ जना घाइते भएका जनाइएको छ । घाइते हुनेमा पाँच नेपाली र चार अफगान नागरिक रहेका छन् ।

नेपाली सुरक्षागार्ड बोकेको बसमाथि आक्रमण भएको अफगान गृह मन्त्रालयले जनाएको छ ।
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले उक्त घटनामा परी नेपालीको निधन भएको जनाउनुभएको छ ।

मन्त्री थापाले उक्त आतङ्कवादी घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ । उहाँले भन्नुभएको छ – “चौध नेपालीको आतङ्कवादी आक्रमणमा परेर निधन भएको जानकारीमा आएको छ । उक्त नृशंस आक्रमणको कडा शब्दमा निन्दा गर्दछु ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter