• Saturday, April 05, 2025

सामूहिक आवास बनाउँदै सेना

nepal armyधादिङ, १० असार । सरकारको त्रिपालमै बसिरहेका भूकम्पपीडितलाई घरभित्र लैजाने योजना अन्तर्गत नेपाली सेनाले द्रुत गतिमा सामूहिक आवासको काम अघि बढाएको छ ।

झर्लाङ – ३ कोखिममा निर्माण गरिँदै गरेको सामूहिक आवासको भवन यही असार मसान्तमा निर्माण पूरा गरेर हस्तान्तरण गरिने सेनाले जनाएको छ । आजसम्म घर निर्माण गरी प्रजिअलाई जिल्ला तहमा जिम्मा दिने गरी निर्माण थालिएको भवन वर्षा र ढुवानी समस्याले गर्दा केही दिन ढिला भए पनि असार मसान्तभित्रै त्रिपालमा बसेकालाई घरभित्र राखिने गरी निर्माण भइरहेको स्थानीय शिक्षक नवराज गिरीले बताउनुभयो ।

विकट उत्तरी धादिङको झर्लाङ गाविसको कोखिममा निर्माणधीन १६ कोठाको सामूहिक आवास निर्माण गर्न नेपाली सेनाका ५२ जना बिहान उठेदेखि राति अबेरसम्म खटिने गरेको सामूहिक आवास निर्माणको नेतृत्व गरिरहनुभएका उपसेनानी सुरेश थापाले जानकारी दिनुभयो । झार्लाङ, रि, लापा, तिप्लिङ, सेर्तुङ लगायत जिल्लाका १० स्थानमा सामूहिक आवासको काम भइरहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter