सबै नेपाली महिलाको जित हो : बन्दना राणा

Bandana Ranaकाठमाडौँ, १४ असार । महिला अधिकारकर्मी बन्दना राणाले महिलामाथि हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने संयुक्त राष्ट्रसङ्घीय समिति (सिड)मा आफू निर्वाचित हुनुमा सबै नेपालीको जित रहेको बताउनुभएको छ ।

सञ्चारिका समूहले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले अबका दिनमा लैङ्गिक समानता र सशक्तीकरणका लागि काम गर्न थप सहयोग पुग्ने विश्वास दिलाउनुभयो ।

महिला अधिकारका क्षेत्रमा नेपालमा भएका सकारात्मक उपलब्धि र स्थानीय तहका घटनालाई विश्वव्यापी बनाउन समितिमा आफ्नो उपस्थिति महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

सिड समितिको सदस्यका लागि गत जुन २१ तारिखमा भएको निर्वाचनमा राणाले १०६ मत ल्याउँदै ११ जनामा स्थान हासिल गर्नुभएको थियो । यो समितिको सदस्य पदमा निर्वाचित हुने नेपालको पहिलो महिला बन्नुभएकी राणा सन् २०१७ देखि २०२० सम्म वर्षसम्म समितिमा रहेर काम गर्नुहुनेछ । महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्ने निकायको रुपमा सो समितिले काम गर्नेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter