• Friday, June 13, 2025

अन्डा, मासु र दूध उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने

cheese-eggs-fish-and-red-meatकाठमाडौँ, १६ असार । पशुपक्षी विकासमन्त्री शान्ता मानवीले अन्डा, मासु र दूध उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि अनुदान रकम उपलब्ध गराउन पहल गरिने बताउनुभएको छ ।

नेपाल माछा मासु व्यवसायी सङ्घद्वारा यहाँ आज आयोजित ‘काठमाडौँ उपत्यकाका मासु व्यवसायीको बृहत् भेला’मा मन्त्री मानवीले उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउन मासु पसलको नियमित अनुगमनमा जोड दिनुभयो ।

राज्यमन्त्री नरदेवी पुनले आफूहरु सधैँ मासु व्यवसायीको हकहितका पक्षमा रहेको बताउनुभयो । मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले बधशाला र स्वस्थ मासु सङ्कलनका लागि शीतभण्डार निर्माणका लागि अनुदानको व्यवस्था गरिने जानकारी गराउँदै त्यसका लागि उत्साहजनक रुपमा व्यवसायी पनि लाग्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ महानगरपालिका, जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले काठमाडौँ उपत्यका बाहिर रहेका बधशालाको व्यवस्थापनसँगै शीतभण्डार निर्माणका लागि कामपा निरन्तर लागिरहेको जानकारी गराउनुभयो । कन्जुमर आई नेपालका अध्यक्ष विमला खनालले स्थानीय व्यवसायीलाई व्यवस्थापन गर्ने आधार सरकारले तयार गर्नुपर्ने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter