खेलकुद समाचार, सातौँ राष्ट्रिय खेलकुदमा ३२ खेल

National Sports Councilदीपेन्द्र सापकोटा / काठमाडौँ, ६ साउन । सातौँ राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने भएको छ । सातौँ राष्ट्रिय खेलकुद कार्यकारी समितिका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टको अध्यक्षतामा आज सात दोबाटोमा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि ३५ खेल समावेश गर्ने भनिएको थियो ।

शारीरिक सुगठन, पौडी र ट्रायथलनका राष्ट्रिय प्रतियोगिता यसअघि नै सकिइसकेकाले ३२ खेल मात्र समावेश गर्ने निर्णय गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो । यस पटकदेखि एथलेटिक्स अन्तर्गत म्याराथन पनि आयोजना भइसकेको हुँदा म्याराथन बाहेकका विधामा प्रतिस्पर्धा हुनेछ । त्यस्तै बैठकले सातौँ खेलकुदका लागि खेलाडी दर्ता यही साउन २५ देखि आगामी भदौ २०, जिल्ला प्रतियोगिता भदौ २५ देखि असोज १४ तथा क्षेत्रीय प्रतियोगिता कात्तिक २३ देखि मङ्सिर ३ गतेलाई ताकेको छ ।

गत आइतबार सम्पन्न राखेपको १०६ औं बोर्ड बैठकले सातौँ राष्ट्रिय पूर्वनिर्धारित क्षेत्र पूर्वाञ्चलमा मङ्सिर ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको थियो । बजेटको समस्या र मधेस आन्दोलनले गर्दा दुई पटक मिति घोषणा भए पनि सातौँ राष्ट्रिय खेलकुद स्थगन भएको थियो ।

पौडी सङ्घको पुरस्कार घोषित

नेपाल पौडी सङ्घले आसन्न रियो ओलम्पिकमा सहभागी हुने पौडी खेलाडीले राष्ट्रिय कीर्तिमानमा सुधार गरे खेलाडीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । आगामी अगस्टमा ब्राजिलको रियो द जेनेरियोमा हुने रियो ओलम्पिकमा शिरीष गुरुङले १०० मि फ्रिस्टायलमा र गौरिका सिंहले १०० मि ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दैछन् ।

सङ्घका अनुसार शिरीषले आफ्ना नाममा रहेको ५८.२२ सेकेन्डका समयमा सुधार गर्दै ५६.०० सेकेन्ड र गौरिकाले आफ्नो नाममा रहेको १ मिनेट ०७.३१ सेकेन्डको समयलाई १ मिनेट ०५ सेकेन्डमा झार्न सकेमा जनही रु ५० हजार प्रदान गर्ने घोषणा गरिएको हो । त्यस्तै दुवैले आफ्नो व्यक्तिगत समयमा सुधार गरेमा पनि जनही रु २५ हजार प्रदान गरिने घोषणा भएको छ ।

एचएचसीएलाई प्याब्सन बास्केटबल उपाधि

हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसिए)ले सातौँ प्याब्सन विद्यालयस्तरीय यु–१६ छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा आज भएको रोमाञ्चक फाइनलमा एचएचसिएले रेडिअन्टलाई ५१–५० को साँघुरो अन्तरले पराजित ग¥यो । एचएचसिएको जितमा विशाल राईले सान्दार प्रदर्शन गर्दै ३८ अङ्क योगदान गरे ।

एचएचसिएले खेल सकिन ३ सेकेन्ड बाँकी छँदा उपाधि सुनिश्चित गरेको थियो । त्यस बेला एचएचसिए ४९–५० ले पछि थियो । त्यो समयमा एचएचसिएले ‘टु फ्री सट’ पायो र विशालले लगातार दुई अङ्क स्कोर गर्दै जित सुनिश्चित गरेका थिए ।

पहिलो र तेस्रो क्वाटरमा एचएचएसीले जितको आधार खडा गरेको थियो । एचएचसिएले पहिलोमा १३–८ र तेस्रोमा १५–१३ को अग्रता बनाएको थियो । रेडिअन्टले दोस्रोमा १५–१३ र चौथोमा १४–१० को अग्रता हासिल गरे पनि जित हात पार्न सकेन ।

निजी तथा आवासीय विद्यालयको सङ्गठन (प्याब्सन) काठमाडौँद्वारा आयोजित प्रतियोगितामा ओडिसीले तेस्रो स्थानमा चित्त बुझायो । प्रतियोगितामा फाइनलका सर्वाधिक स्कोरकर्ता विशाल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । रेडिअन्टका राजन दाहाल उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । प्रतियोगिताभर १९२ स्कोर गरेका ओडिसीका सागर लामा सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, केन्द्रीय प्याब्सनका वरिष्ठ उपाध्यक्ष विजय सम्बाहाम्फे, काठमाडौँ प्याब्सनका अध्यक्ष थकिनकुमार गुरुङ, प्रतियोगिता संयोजक अनन्त कुँवर लगायतले पुरस्कृत गरे । साताव्यापी प्रतियोगितामा ३२ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter