• Monday, June 09, 2025

क्यानको निलम्बन नौ महिनाभित्रै हट्ने, सल्लाहकार समिति बनाइने

CANकाठमाडौँ, १९ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई गरेको निलम्बन आगामी नौ महिनाभित्रै हटाउने भएको छ ।

नेपाल भ्रमणमा रहेका आईसीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेभिड रिचार्ड्सनले आज यहाँ पत्रकार सम्मेलन गर्दै नेपाली क्रिकेटमाथिको प्रतिबन्ध हट्ने स्पष्ट पार्नुभएको हो ।

सो अवसरमा उहाँले सधैँलाई विवाद समाधान गर्न सल्लाहकार समिति गठन गर्ने घोषणा गर्दै भन्नुभयो, “सल्लाहकार समितिमा सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र क्रिकेटका सबै सरोकारवाला समेटिने छन्, यसले क्यानको वर्तमान विधान पुनरावलोकन गरी संशोधन गर्ने कि, नयाँ ल्याउने भनेर आईसीसीलाई सुझाव दिनेछ ।”

आगामी नौ महिनाभित्र क्यानको विधान पुनरावलोन गरी नयाँ निर्वाचन गरिसक्ने सीईओ रिचार्ड्सनको भनाइ थियो । नयाँ निर्वाचनका लागि पूर्ण सहयोग रहने बताउँदै उहाँले भन्नुभयो, “सन् २०१७ सम्ममा नेपाली क्रिकेट सामान्य अवस्थामा हुनेगरी काम गर्छौं । नयाँ कमिटी आएपछि स्वतः निलम्बन हट्छ ।”

सल्लाहकार समितिमा रहनेको नाम भने दुई साताभित्र घोषणा गरिनेछ भने यसको नेतृत्व आईसीसीका प्रतिनिधि अमर शेखले गर्ने बताइएको छ । नेपाली क्रिकेटमा चरम विवाद आएपछि आईसीसीले करिब पाँच महिनाअघि क्यानलाई निलम्बन गरेको थियो ।

यता सरकारले भने नेपाल क्रिकेट विकास बोर्ड गठनको प्रस्ताब गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीसँग आजै भेट्न गएका आईसीसीका सीईओ रिचार्डसनसहित तीन सदस्यीय प्रतिनिधिमण्डलसँग सरकारको तर्फबाट बोर्ड गठनको प्रस्ताव राखिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले नेपालमा क्रिकेटको लोकप्रियता बढ्दो क्रममा रहेको र आईसीसीले क्यानमा प्रतिबन्ध लगाएका कारण क्रिकेट क्षेत्र समस्यामा परेकाले प्रतिबन्ध फुकुवा गर्न टोलीलाई आग्रह गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter