• Sunday, June 08, 2025

तडकभडक त्यागेर समानता दर्शाउँदै ‘तीज बचत’

Teej Festivalचितवन, १९ भदौ । तडकभडक त्यागेर तीजमा हुने खर्च जोगाउन भरतपुरका महिलाले ‘तीज बचत’ सुरु गरेका छन् ।

गरगहना र लवाइखुवाइले भड्किलो बन्दै आएको तीजमा समानता दर्शाउन प्रभात महिला बचत तथा ऋण सहकारी संस्था मार्फत स्थानीय महिलाले यस्तो नमुना काम थालेका हुन् ।

“पहिले हामीले नै अलि भड्किलो तीज मनायौँ, गरगहना, महँगो साडीमा सजिएर पार्टी प्यालेसमा गरिने कार्यक्रममा झण्डै एक डेढ लाख सकिन्थ्यो”–सरस्वती कतिलाले भन्नुभयो– “अहिले हामीले नहुने र हुने वर्गमा समान हुनेगरी तीज मनाएका छौँँ ।”

हामीहरुका लागि अहिले तीज फेरिएको छ । महिलाले तीजमा हुने सबै खर्च जोगाएर आफ्नो गर्जाे टार्न थालेको उहाँले बताउनुभयो ।

यसपालीको तीज बचत कार्यक्रममा एकै दिन रु १ लाखसम्म बचत भएको र यो बर्ष आज तीजको दिनसम्मको बचतमा रु तीन लाख जम्मा भएको सदस्य महेश्वरी थापाले जानकारी दिनुभयो ।

भरतपुर ११ भोजाडकी दुर्गा लामिछानेले तीजमा हुने अनावश्यक खर्च रोकेर यो बर्ष रु ९ हजार बचत गर्नुभयो । ‘‘नचाहिने खर्च किन गर्ने, थोरै पैसाले भोलि ठूलो काम गर्न सकिन्छ,। ’’ लामिछानेले खुसी हुँदै भन्नुभयो–‘‘अन्य दिदिबहिनीलाई पनि तीजमा हुने खर्च जोगाउन म भन्छु ।’’

उहाँसँगै डा शारदा कुँवर र अम्विका सापकोटाले पनि रु पाँच–पाँच हजार बचत गर्नुभयो । यसरी सबैको स्तर बराबरी बनाउँदा नहुने बर्गले समेत रमाएर तीज मनाउने गरेको अनुभब प्रभात बचतकी शिक्षा उपसमितिकी सदस्य विनिता भट्टराई, अधिकारीसँग छ । रु १०० देखि ५० हजारसम्म महिलाबाट तीज बचत भएको छ ।
बचत कार्यक्रममा महिलाले रु २३ लाख बढी संकलन गरिसकेका छन् । तीजको अबसरमा गर्जाे टार्नका लागि मात्रै यो रकम निकाल्न पाईने व्यवस्था रहेको प्रभाव बचतकी अध्यक्ष ईश्वरी शर्माले बताउनुभयो ।

दुखसुख बेदनाका गीतसंगै बचत, संरक्षण तथा सहकारीका गीत गाउने गरेर संस्कृति अनुसार तीज मनाउन थालिएको सल्लाहकार शान्ति अधिकारीले जानकारी दिनुभयो ।

विगतमा त्यसै खेर जाने पैसा सबै बचत भएकोमा सदस्यहरु खुसी छन् । महिलाले मात्रै सञ्चालन गरेको देशका हजारौं सहकारीमध्ये यो सहकारीले नयाँ चेलीलाई शेयर उपहार दिने नयाँ कार्यक्रम समेत चलाउने भएको छ ।

यस्तै बालबचत, बृद्धबृद्धा बचत, युवा बचत कार्यक्रम समेत छ । जिल्लामै महिलाले सञ्चालन गरेको नमूना सहकारी प्रभातको रु १२ करोड माथिको कारोबार रहेको सचिव सरस्वती कतिलाले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter