• Thursday, May 22, 2025

साढे चार लाख पीडितसँग अनुदान सम्झौता

Nepal Reconstruction Authorityकाठमाडौँ, ९ असोज । भूकम्प प्रभावित चार लाख ५४ हजार १५ घर परिवारसँग आइतबार बिहानसम्म अनुदान सम्झौता भएको छ भने तीन लाख ९३ हजार ६७७ परिवारलाई पहिलो किस्ताको रकम वितरण गरिएको छ ।

भूकम्पबाट अतिप्रभावित ११ जिल्लामा हाल अनुदान सम्झौताको काम भइरहेको छ । सिन्धुपाल्चोकमा ७४ हजार ८५७, रामेछापमा ४० हजार ७८७, ओखलढुङ्गामा १८ हजार २०, गोरखामा ४९ हजार ९६९, दोलखामा ४४ हजार २२९, काभ्रेपलाञ्चोकमा ५७ हजार ९७९, रसुवामा नौ हजार ४३, नुवाकोटमा ५५ हजार ९७८, सिन्धुलीमा २६ हजार ३३९, धादिङमा ५८ हजार ७४४ र मकवानपुरमा १८ हजार ६६ पीडितसँग सम्झौता भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

त्यस्तै ललितपुरको बुङ्मतीका चार घरपरिवारसँग पनि अनुदान सम्झौता भएको छ ।

अनुदान सम्झौता भएकामध्ये सिन्धुपाल्चोकमा ७२ हजार १५९, रामेछापमा ३९ हजार ७५९, ओखलढुङ्गामा १७ हजार तीन, गोरखामा ४८ हजार ६५८, दोलखामा ४१ हजार ९८२, काभ्रेपलाञ्चोकमा ५२ हजार ४९२, रसुवामा सात हजार १२१, नुवाकोटमा ४० हजार ८३१, सिन्धुलीमा २ं० हजार ८३२, धादिङमा ३९ हजार ३५५ र मकवानपुरमा १३ हजार ४८५ पीडितलाई पहिलो किस्ताको रु ५० हजार अनुदान दिइएको प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो ।

अतिप्रभावित ११ जिल्लामा सूचीकृत लाभग्राहीमध्ये ७७ हजार ९४९ सँग सम्झौता गर्न बाँकी छ भने एक लाख ३८ हजार २८७ घरधनीलाई पहिलो किस्ताको रु ५० हजार दिन बाँकी छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter