• Friday, May 23, 2025

तीन महिनाभित्र औषधि उत्पादन सुरु हुने

medicinesभीष्मराज ओझा / काठमाडौँ, १० असोज । हाल उत्पादन बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेडलाई सरकारले पुनः सञ्चालन गरी औषधि उत्पादन गर्ने तयारी गरेको छ ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज लिमिटेडमा रहेका उपकरण र पूर्वाधारको निरीक्षण गरी तीन महिनाभित्र पहिलो चरणमा आठ प्रकारका औषधि उत्पादन गरिने जानकारी गराउनुभयो । निरीक्षणपश्चात् सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले लिमिटेड पुनः सञ्चालन गर्न सकिने विश्वास व्यक्त गर्दै भन्नुभयो, “भौतिक र प्राविधिक पक्षको सुधार गरेर तीन महिनाभित्र कच्चापदार्थ ल्याउछौ, त्यसपछि उत्पादन गर्छौं ।”

हाल सरकारले अतिआश्यक ७० प्रकारका औषधि विभिन्न कम्पनीबाट किनेर निःशुल्क वितरण गरिरहेको छ । मन्त्री जोशीले ती औषधि उत्पादन गर्न सके लिमिटेड दिगो हुने बताउँदै निजी क्षेत्रलाई असर नपार्ने गरी बाहिरभन्दा बढी गुणस्तरीय र कम मूल्यमा उत्पादन गर्न सक्ने क्षमता छ भन्नुभयो । लिमिटेड पूर्ण क्षमतामा सञ्चालन हुन केही समय लाग्ने भएकाले नयाँ उपकरण ल्याउँदै उत्पादन थप्दै जाने र एक वर्षसम्ममा ४८ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

मन्त्री जोशीले औषधि लिमिटेड मात्र नभई बन्द भएका अन्य सार्वजनिक उद्योग पनि सञ्चालनका लागि पहल गरिहेको जानकारी गराउँदै भन्नुभयो, “यसको विस्तृत अध्ययन गर्न विज्ञ सम्मिलत टोली गठन गरेका छौँ ।” निजी क्षेत्रलाई पनि संलग्न गराउन सार्वजनिक निजी साझेदारी अवधारणामा सञ्चालन गरिने उहाँको धारणा थियो । मन्त्रालयले औषधि लिमिटेड सञ्चालनमा निजी क्षेत्रलाई २० देखि ३३ प्रतिशतसम्म सेयर दिने तयारी गरेको छ ।

लिमिटेडका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले मुलुक र लिमिटेडका कर्मचारीका लागि उत्पादन सुरु गर्नु अपरिहार्य रहेको बताउँदै निकट भविष्यमा उत्पादन सुरु हुने अपेक्षा व्यक्त गर्नुभयो । “सरकारले यसमा विशेष चासो देखाएकाले कच्चापदार्थका लागि इजाजत पाउनासाथ १५ दिनमै उत्पादन सुरु गर्न सक्छाँै, सबै उपकरण चालु हालतमा छ ।” उहाँले भन्नुभयो ।

विसं २०२९ असोज १ गते स्थापना भएको औषधि लिमिटेडले कुनै बेला १२५ प्रकार औषधि उत्पादन गर्दथ्यो । आर्थिक वर्ष २०६७÷६८ बाट लिमिटेडको उत्पादन पूर्ण रुपमा बन्द छ । हाल ९६ जना कर्मचारी रहेको लिमिटेडले गत असारमा मात्र १२२ जना कर्मचारीलाई स्वेच्छिक अवकाशमार्फत बिदा गरेको थियो । सरकारले यसका लागि रु २८ करोड ५८ लाख बजेट दिएको थियो ।

लिमिटेडका निमित्त महाप्रबन्धक रमेशकुमार महतो प्रजातन्त्रको पुनः स्थापनापछि सरकारले अपनाएको आर्थिक उदारीकरण र निजीकरणपछि लिमिटेड धराशायी हुँदै गएको अनुभव सुनाउनुहुन्छ । “राजनीतिक उथलपुथलले काम गर्ने वतावरण भएन, यसमा सरकारको उचित ध्यान पनि पुग्न सकेन”, उहाँले गुनासो गर्नुभयो । लिमिटेडले हाल गिलिसिरिन र डिस्टिलर वाटर मात्र उत्पादन गरिरहेको छ ।

सरकारले चाहेमा लिमिटेड पुनः सञ्चालनमा कुनै समस्या नभएकाले यस अवधिमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने र कच्चापदार्थ आयात गर्ने तयारी भइरहेको उल्लेख गर्दै निमित्त महाप्रबन्धक महतोले लिमिटेडको प्राविधिक क्षमतामा समयसापेक्ष सुधार गर्नुपर्छ भन्नुभयो । लिमिटेडले पुनः सञ्चालनका लागि मन्त्रालयसँग रु १४ करोड ६५ लाख माग गरेको छ । त्यसमा मन्त्रालय सकारात्मक रहेको उहाँको भनाइ छ । (तस्बिर र श्रव्य सामग्री उपलब्ध छ) रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter