• Sunday, May 18, 2025

अवैध रुपमा एटिएमबाट रकम निकाल्ने तीन रोमानियन नागरिक पक्राउ

atm-fraudकाठमाडौँ, २२ कात्तिक । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एटिएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रुपमा रकम निकाल्ने तीन रोमानियाका नागरिकलाई पक्राउ गरेको छ ।

ब्युरोबाट खटिएको टोलीले काठमाडौँका दरबारमार्ग, ठमेललगायतका स्थानबाट हिँड्न क्यामरा प्रयोग गरी रकम निकालेको अभियोगमा शुक्रबार घिता हुजुम, ओसिप मोरारु र एलेक्स क्रिष्टियन बुगाहिरुलानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले ती अभियुक्तबाट रु तीन लाख आठ हजार ५०० नेपाली र १० हजार ९०५ युरो, ४७० फिलिपिनो मुद्रा, ३५३ थान एटिएम कार्ड, मोबाइल फोन छ थान, ल्यापटप दुई थानलगायतका सामग्री बरामद गरेको छ ।

पछिल्लो समय नेपालमा बुल्गेरिया, टर्की, रोमानियालगायत देशका नागरिक पर्यटक भिसा बनाएर नेपाल आई विभिन्न बैंकको एटिएममा पसेर रकम चोर्ने गरेका ब्युरोले जनाएको छ ।

यसभन्दा पहिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट २०७१ साल मङ्सिरमा २६ लाख नेपाली रुपैयाँसहित टर्कीका नागरिक, सोही वर्ष चैतमा १८ लाख नेपाली रुपैयाँसहित बुल्गेरियाका नागरिक, २०७३ साउनमा दुई लाख ६४ हजार नेपाली रुपैयाँसहित रोमानियाका नागरिक पक्राउ परेका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter